मलेसियामा नयाँ राजा चयनका लागि मलेसियाका मतदान हुने

Malaysia vote

काठमाडौं । वर्तमान राजा सुल्तान मोहम्मदले कार्यकाल सकिन ३ वर्ष अगावै गद्दी छाड्ने घोषणा गरेपछि नयाँ राजा चयनका लागि मलेसियामा मतदान हुने भएको छ ।

५ वर्षको कार्यकालका लागि चुनिएका सुल्तानले पद त्यागको घोषणा गरेपछि आगामी जनवरी ३१ मा मतदान हुने भएको हो । दुई वर्ष मात्रै पद सम्हालेर पदावधिको बीचैमा राजीनामा गर्ने सुल्तान पहिलो राजा हुन् ।

मलेसियाका राजाले सरकारको काम कारबाहीमा भने सहभागीता जनाउन पाउँदैनन् । नयाँ चयन हुने राजाले जनवरी ३१ बाटै गद्दी सम्हाल्नेछन् । राजा नियुक्तीका लागि राजसंस्था सदस्यको समितिले मतदान गर्नेछ ।

बेलायती उपनिवेश पछि १३ वटा राज्यका ९ जना राजा सहभागी एक समितिले आलो पालो रुपमा एकिकृत मलेसियाको राजाको पद सम्हाल्दै आएका छन् । तिनै ९ राजपरिवारका उत्तराधिकारीको मतका आधारमा नयाँ राजा नियुक्त हुँदै आएका छन् ।

अब राजा बन्ने पालो रहेका पाहाङका सुल्तान अब्दुल्लाहले आवश्यक मत पाउने बारे भने आशंका व्यक्त गरिएको छ । उनले पर्याप्त मत प्राप्त नगरे त्यसपछिको पालोमा रहेका ब्यक्ति राजा बन्ने मलेशियाली राजसंस्थाको कानुनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...