कसरी उत्पन्न हुन्छ सुनामी ?

Sunami

काठमाडौं  ।  सुनामी भूकम्पका कारण वा ज्वालामुखीका कारण जमिन धसिने वा माथि उठ्ने गर्दा समुद्रको पानीबाट उत्पन्न हुन्छ ।

समुद्रको अथाह जलाशयमा पानीकै कारण आउने सुनामी भने निकै कम छन् । तिनका कारण पनि पत्ता लाग्न बाँकी छ । सुनामीको उभार वा उचाइ त सयौं फिट आग्लो हुन सक्छ । यसले विशाल बस्ती र गगनचुम्बी भवनहरू क्षणभरमा डुबाएर सिध्याइदिन्छ ।

हालसम्म आएका सुनामीहरू प्रशान्त महासागरको वरिपरि किनारामा आउने गरेका छन् । प्रशान्त महासागरको वरिपरि रहेको भागलाई ‘प्रशान्त अग्निको घेरा’ भनेर नामकरण गरिएको छ । विश्वमा आएका सुनामीका करिब ८० प्रतिशत सुनामी यही क्षेत्रमा गएका र भएका छन् । यो क्षेत्र भूकम्प र ज्वालामुखीको मुख्य क्षेत्र हो ।

साना र ठूला भूकम्प यस क्षेत्रमा दिनदिनै गइरहन्छन् र सानाठूला सुनामी आइरहन्छन् । यसलाई प्रशान्त महासागरका वरिपरिको बस्तीमा राक्षसी छाल वा नरभक्षी छाल भनेर नाम दिइएको छ । हालसम्म आएका सुनामीमा हिन्द महासागरमा सन् २००४ को डिसेम्बर महिनामा आएको सुनामीलाई सबैभन्दा शक्तिशाली मानिन्छ । यो सुनामी हिन्द महासागरभित्र गएको अति शक्तिशाली भूकम्पका कारण गएको थियो ।

त्यतिबेला गएको भूकम्प ९ रेक्टर स्केलको थियो । यसले कुल १४ वटा देशहरूमा एकैपटक हमला गरेको र प्रभाव पारेको थियो । यो सुनामीको हमलाले २ लाख ८३ हजार मानिस मारेका थिए । यो महासुनामीले एसियादेखि अफ्रिकासम्मका ११ देशमा मरणासन्न अवस्था सिर्जना गरेका थियो ।

यो निकै अग्लो र चौडा खालको थियो । यो यति धेरै ठूलो र तीव्र गतिमा थियो कि यसले छोटो समयमा दुवै महादेशमाथि एकैपटक र एकै समयमा हमला गरेको थियो । पृथ्वीमा आएका सुनामीहरूमा यो सबैभन्दा बढी घातक थियो । एसिया महादेशमा गएका र गइरहने भूकम्पमा जापानमा सबैभन्दा धेरै रहेका छन् ।

यहाँ सानातिना भूकम्प र ज्वालामुखी दिनदिनै गइरहन्छन् र सुनामी पनि चलिरहन्छ । यो त्यहाँका लागि दैनिक जीवन पनि बन्ने गरेको छ । सुनामीको आकार र गति मापनलाई लिने हो भने सय किलोमिटर लामो सुनामी एक घण्टासम्म निरन्तर चलिरहन्छ । यसले विनाशलाई अवर्णनीय रूपमा निम्त्याउँछ ।

वैज्ञानिकहरूका अनुसार सन् १७०० मा गएको सुनामीले पुरै जापानमा बाढी, पहिरो र भुुइँचालो ल्याएको थियो । यसले अत्यधिक जीउधनको नोक्सानी गरेको थियो । सुनामी प्रतिघण्टा ५ हजार माइलको गतिमा चल्छ । आश्चर्यको कुरा त के छ भने यो महासमुन्द्रमा कुनै हलचल नदेखिएर पनि आइरहेको हुन्छ ।

रातमा भएमा त यसले निकै ठूलो नोक्सानी निम्त्याउँछ । सुनामी त यति साना पनि हुन्छन् कि कुनै त ३० सेन्टिमिटर मात्र उचाइका पनि हुन्छन् । सुनामीहरू, जसले प्रतिघण्टा ६ सयदेखि आठ सय किलोमिटर गति लिइरहेका हुन्छन्, तिनले ठूलो नोक्सानी निम्त्याउँछन् । तर, हिन्द महासागरमा उठ्ने सुनामीहरू तीस फिटभन्दा अग्ला हुने गरेका छन् ।

सुनामीका कारणले पहाड मैदान र मैदान समुद्रमा परिणत हुन सक्छ । कडा चट्टानी भूभागबाहेको अरू केही बाँकी रहँदैन । अहिलेसम्मका निकै जोखिम इलाकामा अमेरिकाको वासिंगटन, आरेगन, हवाइ, अलास्का र क्यालिफोर्निया रहेका छन् ।

सुनामीको पानीमा कोही पनि पौडी खेल्नुहुँदैन किनकि सुनामीको पानी बग्दा अग्लो ठाउँमा आएकाले त्यो केही समयपछि फर्कन्छ । मानिसलाई तानेर लैजान्छ । सुनामीमा उत्पन्न शक्ति अथाह हुन्छ । यसलाई आँकलन गर्न सकिँदैन ।

हिन्द महासागरमा सन् २००४ मा आएको सुनामीको ऊर्जा २३ हजार एटम बम एकैपटक पड्काएको जति थियो । जसले २ लाख ८३ हजार मानिसको ज्यान लिएको थियो । सुनामी भनेको एउटा सिंगल वा एकल तरंग वा धार वा ज्वार मात्र होइन, यो त शृंखलाबद्ध धार र ज्वारको समष्टि हो ।

यसलाई ज्वारहरूको लस्कर वा रेल भनेर पनि भनिन्छ । ग्रिक इतिहासकार थुसिडाइड्सले पेलोपोनेसियन युद्धमा सुनामी शब्दावलीको उच्चारण गरेका थिए । यसलाई त्यतिबेलै समुद्रमुनि जाने भूकम्पका कारण आएको पानीको ज्वार भनेर परिभाषित गरेको थियो । समुद्री तटमा रहने मानिस भूकम्पबाट भन्दा पनि सुनामीबाट बढी तर्सने गर्दछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...