शिक्षा क्षेत्र अन्यौलता बढेकामा चिन्ता

Dkt news

धनकुटा । शिक्षा क्षेत्र अन्यौल बढ्दै गएकोमा सहिदभूमी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् ।

नेपाल शिक्षक संघको सहिदभूमी गाउँपालिकाको दोस्रो स्थानीय प्रतिनिधि सभामा शिक्षक अभिभावक र राजनीतिक दलका प्रतिनिधिहरुले शिक्षा क्षेत्रमा बढ्दै गएको अन्योलताले समस्या ल्याउने चेतावनी पनि दिएका छन् ।

नेपाल शिक्षक संघ १ नं. प्रदेश समितिका उपाध्यक्ष गंगाराम ढुंगाना, अर्थमहासचिव रामकुमारी भण्डारी लगायतले शिक्षा क्षेत्रमा अहिले चारै तिरबाट हस्तक्षेप भइरहेकाले व्यापक अन्यौलमा रहेको बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटनका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, नेपाली कांग्रेस सहिदभूमी गाउँपालिकाका समन्वय समितिका संयोजक तिर्थ राई, नेपाल शिक्षक संघ धनकुटाका सचिव धनकुमार राई, अर्थसचिव रोहिणी पाण्डे, सिद्धदेवी माविका प्रधानाध्यापक रत्न राई लगायतले नागरिकहरुका लागि महत्वपूर्ण मानिएको शिक्षा क्षेत्रको विकासका लागि शिक्षा नितिमा समयअनुकुल आमुल परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

नेपाल शिक्षक संघ सहीदभूमी गाउपालिकाका अध्यक्ष पदम भण्डारीको अध्यक्षतामा भएको स्थानीय प्रतिनिधि सभामा प्रगति विवरण सचिव हर्क शिसशिर राईले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन नेपाल शिक्षक संघका जिल्ला सदस्य इश्वरी सुवेदीले गरेका थिए ।

सो अवसरमा अभिभावक तथा शिक्षा प्रमी अग्रज टंक वहादुर माझी र टेकबवहादुर मगरलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...