पूर्वराष्ट्रपति यादव भन्छन्, देशको शैक्षिक अवस्था नाजुक बन्यो

Naitengle school

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको बताएका छन् । पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रम देशको शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सुधार नभएसम्म देशको विकास नहुने बताए ।

‘तपाइँ अभिभावकले मेरो छोराछोरीले यही नै विषय अध्ययन गर्नुपर्छ भनेर बल नगर्नुहोस्, उसको इच्छा के छ त्यहीअनुसार अध्ययन गर्न दिनुहोस्, उसले त्यसैमा प्रगति गर्न सक्छ’ उनले भने, ‘सबैभन्दा पहिले अभिभावकले गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ अनि मात्र विद्यार्थीको भविश्य उज्जल हुनसक्छ ।’

‘उच्च घरानीयाका सन्तान युरोप अमेरिका र त्यहाँभन्दा तल्लो स्तरका सन्तान दक्षिण भारत गएर पढ्छन्’ उनले भने, ‘कमजोर वर्गका सन्तानमात्र नेपालका सरकारी स्कुलमा पढिरहेकाले देशको शैक्षिक अवस्था नाजुक बन्यो ।’ उनले देशका झन्डै ८० प्रतिशत बालबालिका पढ्ने सरकारी स्कुलको अवस्थामा सुधार नभएसम्म शैक्षिक उन्नति नहुने बताए ।

उनले नयाँ शिक्षा २०२८ पछि नै सरकारी स्कुल खस्किँदै गएको र निजीकरण हुन थालेपछि शिक्षा क्षेत्र ध्वस्त भएको दाबी गरे । निजी स्कुलमाथि अभिभावकसँग बढी शुल्क लिएको आरोप लागिरहेका बताउँदै उनले गुणस्तरका लागि अभिभावकले धेरै शुल्क तिर्नु स्वाभाविक रहेको बताए ।

पूर्वराष्ट्रपति यादवले निजी क्षेत्रको नाइटिंगेल स्कुलले निकै राम्रो काम गरेको देख्दा खुसी लागेको बताए । ‘स्कुलको विगतको योगदान सन्तोषजनक छ’ उनले भने, ‘अब गर्न धेरै बाँकी छ । यसमा विद्यालय परिवारले ध्यान दिनुपर्छ ।’

विद्यालयका संस्थापक एवम् संघीय प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले शैक्षिक क्षेत्रमा स्कुल विश्वस्तरको प्रतिस्पर्धामा जाने तयारीमा रहेको जानकारी दिए । उनले नाइटिंगेल स्कुलबाट पढेका विद्यार्थी देशका मात्र हैन, संसारका कुनाकुनामा पुगिसकेको र उनीहरु जहाँ पनि प्रतिस्पर्धामा अब्बल रहेको दावी गरे ।

सो कार्यक्रममा ललितपुरका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गुणराज पोखरेल, प्रिन्सिपल रञ्जना प्रधान, भाइस प्रिन्सिपल जितेन्द्रबहादुर ठकुरी लगायतले नाइटिंगेल स्कुलले मुलुकको विद्यालय शिक्षामा अतुलनीय योगदान दिइरहेको बताउँदै दूरदर्शी निर्देशन र सक्षम नेतृत्व रहेकाले नै स्कुलले उन्नति गर्दै गएको बताएका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रा. खगेन्द्रप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शैक्षिक एवम् अतिरिक्त कृयाकलापमा उत्कृष्ट बालबालिका र शिक्षकहरु सम्मानित भएका थिए । सो अवसरमा बालबालिकाले विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक र खेलकुद गतिविधि प्रस्तुत गरेका थिए ।

२०४९ सालमा स्थापित यस विद्यालयमा अहिले अहिले २८ सय विद्यार्थी अध्ययनरत छन् । सो स्कुलले २०७१ सालमा राष्ट्रिय शिक्षा पुरस्कार २०७१ तथा २०६९ र २०७० सालमा क्षेत्रीय शिक्षा पुरस्कार पाएको थियो । यो नर्सिङ कलेज पनि देशकै उत्कृष्ट बनिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...