रणभुवनेश्वरी माविका पूर्व विद्यार्थीहरु संगठित

Ex students devighat

काठमाडौं । नुवाकोटको रणभुवनेश्वरी माध्यमिक विद्यायलय देवीघाटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भएका छन् । उनीहरुले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज पनि गठन गरेका छन् ।

सो विद्यालयमा २०५४ मा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरुको पहलमा शनिबार धादिङको गल्छीमा शनिबार भएको सो भेलाले रामकृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा मीनकुमार खतिवडा, सदस्यहरुमा दिपक चित्रकार, शशी शाह, सुशीला शर्मा पौडेल, केशवप्रसाद अर्याल, कर्णबहादुर खड्का, पूर्णमान चित्रकार, दामोदर नेपाल, रामप्रसाद पुडासैनी, बद्रीप्रसाद रिमाल, सिताराम रिमाल र हरि रिमाल रहेका छन् भने सल्लाहकार समितिमा राजेन्द्रप्रसाद पुडासैनी, ठाकुरप्रसाद खतिवडा, भरत पुडासैनी, शिवसुन्दर पुडासैनी, बद्रीप्रसाद बडाल, भोजराट भट्ट रहेका छन् ।

सोही भेलाले रणभुवनेश्वरी माविमा अध्ययन गर्ने विद्यार्थीहरु एवं विद्यालयको विकासमा सहयोग गर्न अक्षय कोषको स्थापना गरेका छन् । सो अक्षयकोष सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि नव गठित समाजले तय गर्ने गरी भेलाले दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...