जन्म दिन मनाउने चकलेटको पैसाले दुर्गमका विद्यार्थीलाई सहयोग

School news vaktapur

भक्तपुर । भक्तपुरको एभरेष्ट इंलिश स्कुलका विद्यार्थीले जन्मदिन मनाउने पैसा जम्मा गरेर दुर्गम स्कुललाई पुस्तक किनेर दिएका छन् ।

भक्तपुरको मिवाछेंस्थित एभरेष्ट इंलिश स्कुलका विद्यार्थीले जन्मदिनमा चकलेट लगायतका किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर सो रकमबाट दुई वटा स्कुललाई पुस्तक सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।

उनीहरुले बझाङको दुर्गम केदारस्युँं –९ स्थित भैरब मावि र गोरखाको घलाङ –३ स्थित राष्ट्रिय माविलाई पुस्तक सहयोग गरेका हुन् । राष्ट्रिय गीतका लेखक व्याकुल माइलाले बिहीबार स्कुलका प्रतिनिधिहरुलाई किताव हस्तान्तरण गरे । माइलाले बझाङको भैरब माबिका प्रतिनिधि रेणु उपाध्याय र अशोक विष्ट तथा गोरखाको राष्ट्रिय माविका प्रधानाध्यापक रामबहादुर थापा र व्यवस्थापन समितिका अध्यक्ष मदन बस्नेतलाई संयुक्त रुपमा पुस्तक र स्टेशनरी सामानहरु हस्तान्तरण गरे ।

दुवै स्कुललाई एक हजार पाँंच सय ५६ थान किताव किनेर हस्तान्तरण गरिएको छ । बझाङको भैरब माविलाई एक लाख २८ हजार नौ सय ६२ रुपैयाँं बराबरको पुस्तकसहित स्टेशनरी ३३ हजार नौ सय ७० रुपैयाँं बराबरको हस्तान्तरण गरियो । गोरखाको राष्ट्रिय माविलाई एक लाख २७ हजार सात सय ६३ रुपैयाँं बराबरको पुस्तक र स्टेशनरी सात हजार आठ सय ८५ रुपैयाँ बराबरको हस्तान्तरण गरियो ।

सो स्कुलका विद्यार्थीको जन्मदिनमा सहपाठीहरुलाई चकलेट लगायतका खाद्य पदार्थ किनेर बाढ्नु भन्दा नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ एभरेष्ट टिएन वर्ड डे फण्ड स्थापना गरेका थिए । यही फण्डमा २०७४ सालमा संकलित रकमबाट दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीलाई पुस्तक सहयोग गर्ने योजनाअनुसार पुस्तक हस्तान्तरण गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए ।

सो स्कुलका विद्यार्थीले गत फागुनमा दुई वटासहित २०७४ मा संकलित रकमबाट चार वटा स्कुललाई सहयोग गरेका थिए ।

सो कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुरका पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी, प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्य लगायतले बोलेका थिए ।

कार्यक्रममा एभरेष्ट एक्टा करिकलम एक्टिििभजन अन्तर्गत उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो । डान्स, गीत, म्युजिम, बास्केटबल, आर्ट, स्पोटस डेमा गरिएका उत्कृष्ट प्रदर्शनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस