ख्वप कलेज र गोर्खा इको प्यानलबीच भयो १२ बुँदे सम्झौता

Gorkha kwap samjhauta

काठमाडौं । ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरले अध्यापन र अनुसन्धानलाई पनि थप प्रभावकारी बनाउन इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्राइभेट लिमिटेड (गोर्खा इको प्यानल) सँग समझदारी गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच कलेजका प्राचार्य इन्जिनियर सुनिल दुवाल र गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले हस्ताक्षर गरे । कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्व लगायतको उपस्थिति थियो ।

समझदारी पत्रमा नयाँं र नवीनतम निर्माण सामाग्री र प्रविधिको खोजीबारे मिलेर अनुसन्धान गर्ने, त्यसका लागि कलेजमा स्नातक र स्नातकोतर तहमा अध्ययनतर विद्यार्थीलाई अनुसन्धानमा लगाउने लगायतका १२ वटा बुँंदामा सहमति भएको छ ।

विदेशी विज्ञ ल्याएर गरेको अनुसन्धानभन्दा आफ्नो समस्या समाधानका लागि आफ्नै इन्जिनियरले गरेको अनुसन्धानन अझ बढी प्रभावकारी हुने विश्वासका साथ संयुक्त रुपमा अनुसन्धानमा लाग्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

यो कामका लागि गोर्खा इको प्यानलले स्नातक तहको कार्यक्रमको पाठयक्रम विकासमा प्राविधिक र आर्थिक सहयोग गर्ने, तालिम र परामर्श कार्यक्रम सञ्चालन गर्ने लगायतका विषय सहमति पत्रमा उल्लेख गरिएको छ । कलेजबाट नयाँ निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानल, प्रिकाष्ट, पानी सोस्ने व्लकमा अनुसन्धान गर्ने उल्लेख छ ।

बुधबार भएको समझदारीले निर्माण सामाग्रीको पहिचान गर्न सहयोग पुग्ने र भविष्यका लागि आवश्यक दक्ष इन्जिनियर उत्पादनमा सहयोग मिल्ने दुबै पक्षको विश्वास छ ।

ख्वप कलेज अफ इन्जिनियरिङ भक्तपुर नगरपालिकाद्धारा सञ्चालित कलेज हो । नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेज पनि त्यही नै सञ्चालन गरिरहेको छ । नगरपालिकाले ख्वप कलेज लगायतका अन्य कलेजहरु पनि सञ्चालन गरिरहेको छ ।

गोर्खा इको प्यानल नेपालमै पहिलो पटक भूकम्प प्रतिरोधी प्यानल उत्पादन गर्ने कम्पनी हो । यसले हलुका निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानल उत्पादन गर्दै आएको छ । साथै अनुसन्धानमुलक कार्यहरु पनि निरन्तर गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...