को होला हेमन्त र सपनाको भाग्यमानी ? हेर्नुस् भिडियो

Vagyamani song

काठमाडौं । सारंगी बादक हेमन्त ‘कान्छा’ रसाइली र सपना रसाइलीको सांगीतिक कोशेली ‘भाग्यमानी’ सार्वजनिक भएको छ ।

शुक्रबार युट्युवमार्फत सार्जजनिक गरिएको नेपाली लोक गीत ‘भाग्यमानी’ मा हेमन्त ‘कान्छा’ रसाइली र देवी घर्तीको स्वर रहेको छ । यसमा झलक संगीतम्, टेकेन्द्र बोहोरा, शर्मिला बिसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले स्वरमा साथ दिएका छन् ।

म्याग्दी घर भएका हेमन्त ‘कान्छा’ रसाइली लामो समयदेखि सारंगी बादनमा व्यस्त छन् । ‘भाग्यमानी’ मा लय तथा एरेन्ज झलक संगीतमको छ ।

लोक दोहोरी गीत ‘भाग्यमानी’ मा श्रीप्रसाद थापा (लाहुरे दाई) र रिना थापामगरले अभिनय गरेका छन् भने यो गीतको म्युजिक भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका छन् । सुजन शाहीको सम्पादन रहेको सो गीतको म्युजिक भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस