मन्त्रीपरिषदको निर्णय लत्याउँदै प्रधानमन्त्री, लिखित निर्देशनमै ११६ कलेजलाई सम्बन्धन

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी ओली सधैं पारदर्शीताको कुरा गर्छन् । त्यसमा पनि पछिल्लो पटक सरकारी निकायहरुलाई प्रतिवेदन भन्दा पनि परिणामुखी काममा ध्यान दिन दिर्नेशन पनि दिइरहेका छन् । तर, तिनै प्रधानमन्बी ओली धेरैजसो आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिने गर्छन् ।

यसरी मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिँदा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको रहस्य खुलेको छ ।

साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । तर, ओलीको लिखिति निर्देशनबाट त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम थपको अनुमति (सम्बन्धन) दिन पत्र पठाएको पाइएको छ । त्यसयता मात्रै त्रिविले १ सय १६ कलेजलाई विषय थप्न अनुमति दिएको छ ।

प्रधानमन्त्री ओलीको लिखित निर्देशनपछि बीसीए र बीबीएम विषयमा सम्बन्धन पाउने कलेजमध्ये कतिपयमा नेकपाका नेताको लगानी छ भने कतिपयमा नेतानिकट व्यक्ति सञ्चालक छन् । अधिकांश राजधानीका महँगा र नाम चलेका ठूला कलेज पनि छन् । तीमध्ये ९६ वटाले सम्बन्धनपत्र लिइसकेका छन् ।

काठमाडौंको गोल्डेन गेट इन्टरनेसनल कलेजले पनि यसैपटक बीसीए विषयमा कक्षा चलाउन त्रिविबाट सम्बन्धन लिएको छ । यो कलेज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालको हो । सिलवाल प्रधानमन्त्रीका विश्वासिला पात्र मानिन्छन् ।

प्रतिकृया दिनुहोस