विद्यालय पोशाकमै यसरी रमाउँदै विद्यार्थीले काटे धान

Dhan katdai

भक्तपुर । यो दृष्य हेर्दा लाग्छ बाल शोषण भइरहेको छ । त्यसमा पनि विद्यालय पोशाकमै काममा लगाइनु कानुनतः झन अपराध नै मानिन्छ । तर, सोमबारको दृष्य अलिक फरक थियो ।

भक्तपुरका एभरेष्ट इंगलिस स्कुल मिवाछेंका कक्षा ४ का ९८ जना विद्यार्थी हुलका हुल खेलमा पसे । उनीहरु खेतमा पसेर धान काटे । अनि धान काट्दै रमाइलो पनि गरे ।

यो सबै व्यवस्थापन विद्यालयले आफ्ना विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन त्यसरी खेतमा धान काट्न लगाएको थियो । कक्षा ४ की सुयोग्या भण्डारीले सधैं कक्षा कोठामा मात्रै बसेर पढ्दै आएकोमा सोमबार धान काटन पाएकोमा खुशी लागेको बताइन् ।

यसअघि तिनै विद्यार्थीले नै असार महिनामा स्थानीयको धान रोपेका थिए । त्यति मात्रै होइन, विउ छर्ने, धान गोडने, काटने, झार्नेदेखि भित्राउने सबै उनीहरुले नै गरे ।

स्कुलकी शिक्षिका एवं धान कार्यक्रमकी संयोजक प्रकृति न्यापानेले खेतमा लानु अघि नै उनीहरुलाई पहिला नै कक्षा कोठामा धान खेतीबारे जानकारी गराइएको बताइन् । ‘धान काटने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामान लगायतका विषयमा कक्षामा तीन दिन जानकारी गराएको थिएँ’ उनले भनिन्, ‘उनीहरुलाई पहिले नै सबै जानकारी दिएर फिल्डमा लैजाँदा सजिलो भयो ।’

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षबारे व्यवहारिक ज्ञान दिन कार्यक्रम गरिएको जनाए । खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदै आएको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...