क्रसर उद्योगले बिगार्दै सर्वसाधारणको स्वास्थ्य

क्रसर उद्योग

लमही । सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् ।

दाङको कालाकाटे–गढवा सडक खण्डअन्तर्गत चल्ने टिप्पर तथा ट्याक्टरले उडाएको धुलोले आफूहरुको स्वास्थ्य बिग्रन थालेको स्थानीयवासीको भनाइ छ ।

क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहुँ चल्ने टिप्पर तथा ट्याक्टरले धुलो उडाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै घर नै धुलोले पुरिएको भन्दै आफूहरुले धुलो नियणत्रण गर्न माग गरेको गढवा गाउँपालिका–१ का स्थानीय बासिन्दा नवराज शर्माले बताए ।

दिनहँु करीब ५/६ सय टिप्पर आवातजावत गर्दा उड्ने धुलोले जेठानगाउँ, पत्रिङ्गा, बड्हरा, वनबारी, वनघुस्री, मलमला, कालाकाटे, धोद्रे, टहडा र जुरौनी गाउँका करीब एक हजार १०० सय घरधुरीले सास्ती खेप्नुपरेको छ ।

आइतबार धुलो नियन्त्रण गर्न माग गर्दै बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म स्थानीयवासीले सडक बन्द गरेका थिए । बाटो बन्द भएपछि गढवा गाउँपालिका–१ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक र स्थानीयवासीबीच भएको छलफलले दिनहँु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्नेलगायतको सहमति पछि सडक खोलिएको हो । गढवा गाउँपालिकाभित्र हाल १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...