उत्कृष्ठ नतीजा निकाल्दै ख्वप कलेज

Khwopa school

भक्तपुर । देश भरीकै विद्यार्थीको उत्तीर्ण प्रतिशत घटिरहेका बेला भक्तपुरको देकोचास्थित ख्वप कलेजको विद्यार्थीको उत्तीर्ण प्रतिशत भने बृद्धि भएको छ । केही दिन अगाडि मात्रै सार्वजनिक भएको बीए तेस्रो वर्षको परीक्षाफल पनि यस्तै देखिएको छ ।

राष्ट्रिय उत्तीर्ण प्रतिशत ४८ मा सिमित रहँंदा कलेजमा उत्तीर्ण प्रतिशत भने ९६ रहेको छ । राष्ट्रिय रुपमा १४ हजार ६ सय १९ जना विद्यार्थी परीक्षामा सहभागी रहेकोमा कुल ७ हजार ७ सय १७ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।

तर ख्वप कलेजमा भने ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । कलेजले राखेको तथ्यांकअनुसार कलेजबाट त्यो वर्ष कुल ८४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ८१ जना (९६ दशमलब ४ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका थिए ।

कलेजका प्राचार्य रुपक जोशीले देशैभरीका कलेजहरुमा मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या प्रत्येक वर्ष घटिरहेको बेला ख्वपमा भने त्यस्तो नदेखिएको जनाए । हाल कलेजको मानविकी संकायमा मात्रै बार्षिक एक सय ५० जना नयाँ विद्यार्थी भर्ना हुने गरेका छन् ।

कलेजमा एमए अग्रेजी तथा बीए मानविकीका इन्चार्ज कमिनिका न्याईच्वाईले प्रत्येक विद्यार्थीलाई छुट्टाछुट्टै रुपमा निगरानीमा राखी पढाई गरेकाले विद्यार्थी कलेजप्रति आकर्षित भएको सुनाउँंछन् । प्रयोगात्मक अभ्यासलाई जोड दिइनु पनि कलेजप्रतिको आकर्षणको अर्काे कारण हो ।

कलेजमा स्नातक तहमै बीएड, बीबीएस, बीए, बीएएसडव्लू, बीएस्सी फिजिक्स, बीएस्सी इन्भारामेन्ट साइन्सलगायतका विषयमा पनि पढाई हुन्छ । स्नातकोत्तर तहमा पनि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विभिन्न विषयहरुमा पढाई हुन्छ ।

स्नातक तह बीएमा मुख्य विषयहरुमा पत्रकारिता, अंग्रेजी, समाजशाश्त्र, सामाजिक कार्य, संस्कृति, राजनीतिक विज्ञान, अर्थशाश्त्र, ग्रामिण विकास, गणित, मनोविज्ञान, अन्टोपोलोजीका ऐच्छिक विषयहरु छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...