ख्वपमा सबैभन्दा कम शुल्कमा वीवीएम

Khwopa school

भक्तपुर । भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचा भक्तपुरले सबैभन्दा कम शुल्कमा बीबीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट) को पढाई सुरु गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तगर्तका आंगिक (सरकारी) र सम्बन्धन प्राप्त कलेजहरुमध्ये सबैभन्दा कम शुल्कमा बीबीएमको पढाई सुरु गर्न लागेको हो ।

कलेजले सार्वजनिक गरे अनुसार बीबीएम कार्यक्रमका लागि आठ सेमेष्टरमा कुल तीन लाख ४७ हजार शुल्क लाग्ने सार्वजनिक गरेको छ । कलेजका प्राचार्य रुपक जोशीले यो शुल्क काठमाडौं उपत्यकामै सबैभन्दा कम भएको दावी गरे ।

नाफा नलिने उद्देश्यका साथ सञ्चालित भएकोले कम शुल्कमै पढाउन आफूहरु सक्षम रहेको प्राचार्य जोशीको भनाई छ । ‘हामीलाई सञ्चालन खर्च मात्रै उठे पुग्छ, नाफा चाहिँदैन, प्राचार्य जोशीले भने, ‘फेरि हामीलाई बीबीएमको कार्यक्रम सञ्चालन गर्न थप भौतिक संरचना पनि आवश्यक भएन, कलेजको पहिलाकै भौतिक संरचनाबाट काम चलाउन सकिन्छ ।’

कलेज भक्तपुर नगरपालिकाबाट सञ्चालित छ । नगरपालिकाबाट सञ्चालित भएकोले सम्पूर्ण भौतिक संरचना नगरपालिका आफैंले नै गरिदिन्छ । कलेजले सञ्चालन खर्चका लागि मात्रै विद्यार्थीसँग शुल्क उठाउँछ ।

कम शुल्कमै गुणस्तरीय शिक्षा दिने नीति अनुसार आफूहरुले पढाई गरिरहेको कलेजले जनाएको छ । विभिन्न वर्षहरुमा कलेजका विद्यार्थी त्रिभुवन विश्वविद्यालय टपर तथा गोल्ड मेडलिष्ट पनि भइसकेका छन् । कलेजले बीएस्सी सीएसआइटीलाई पनि प्रस्तावित कार्यक्रमको सूचीमा छ ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजले भक्तपुरमा जिल्लामै पहिलो पटक वीवीएमको पढाई सुरु गर्न लागेको हो । कक्षा भने दसैं पछाडिबाट मात्रै सुरु हुने कलेजले जनाएको छ । कक्षा सञ्चालनका लागि कलेजले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्वन्धन (स्वीकृति) प्राप्त गसिरकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...