दुई सय ५३ वटा सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षालय

Giriraj jpg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले २ सय ५३ वटा सामूदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षा संचालनका लागि अनूमति दिइएको जानकारी दिएका छन् ।

२५ औं विश्व शिक्षक दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको घोषणालाई कार्यान्वयन गर्न सरकारले २ सय ५३ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापनाका लागि अनुमति दिने काम गरेको स्पष्ट पारे ।

प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेकै दिन सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका थिए । मन्त्री पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन् ।

उनले स्रोत जुटाएर विद्यालय कर्मचारी र राहत शिक्षकहरुको माग पनि सम्बोधन गर्ने घोषणा गरे । उनले अस्थायी शिक्षकहरुको समस्या समाधान लागि सरकारले शिक्षा सेवा आयोगको कार्ययोजना अनुसार काम गरिरहेको दावी पनि गरे।

अस्थायी शिक्षकहरको माग सम्बोधन गर्न सरकारले आन्तरिक तथा खुला परीक्षा लिएको मन्त्री पोखरेलको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...