भीमदत्तमा शिक्षण संस्था अनुगमन सुरु

School anugaman kanchanpur

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगरभित्र रहेका विद्यालय अनुगमन सुरु गरेको छ ।

भीमदत्त नगरपालिका नगर शिक्षा समितिले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक र संस्थागत विद्यालयमा अनुगमन सुरु गरेको हो । भीनपामा ५५ सामुदायिक र ५६ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

पूर्णा माविबाट सुरु गरी हालसम्म आधा दर्जन विद्यालय अनुगमन गरिएको छ । भीनपा–५ सुकासालको महेश्वरी मावि, भीनपा–१२ मा कञ्चन विद्या मन्दिर, भीनपा–९ मा महाकाली आधारभूत विद्यालय, भीनपा–१ बाराकुण्डामा मा प्रगति युवा आधारभूत विद्यालय, भीनपा–७ मा सिद्धेश्वर आधारभूत विद्यालय र भीनपा–७ र जनज्योति आधारभूत विद्यालय अनुगमन गरिएको भीनपा आधारभूत तथा माध्यमिक शिक्षा शाखाका स्रोत व्यक्ति भवानीप्रसाद पन्तले जानकारी दिए ।

अनुगमनमा नगर शिक्षा समितिका सदस्यहरु प्रेसप्रसाद जैसी, जितबहादुर बम, द्रोपती जोशी, उमा जोशी, भीनपाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, स्रोत व्यक्ति भवानीप्रसाद पन्त लगायतका सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...