विश्वविद्यालयहरुभित्र भद्रगोल चिर्न आफू सक्रिय: गिरिराजमणि

Girija mani

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरुभित्र रहेका भद्रगोल चिर्न आफू सक्रिय रहेको बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने कार्यशालाको मंगलबार विराटनगरमा उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय सुधारका लागि पदाधिकारी र प्राध्यापकको महत्वपूर्ण सहयोगको अपेक्षा राखेको बताएका छन् ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले सबैको सामुहिक प्रयासबाट विश्वविद्यालयलाई गौरव गर्न लायक बनाउन आग्रह गरे ।

त्यसअघि मन्त्री पोखरेलले शैक्षिक भवन, प्रशासनिक भवन र सरस्वती मन्दिरको उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...