अबको युग प्रविधिको युग, त्यसैले प्राविधिक शिक्षाः मन्त्री पोखरेल

Sixaya mantri

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताएका छन् । खामतेल विकास मञ्चको सोमबार दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसार नै प्रविधिमैत्री हुँदै गएकाले सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताए ।

उनले मुलुकका धेरै ठाउँमा प्राविधिक शिक्षालय स्थापना भइरहेको जानकारी दिँदै अब प्राविधिक शिक्षाबिना शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्न नसकिने धारणा राखे । ‘‘अबको युग नै प्रविधिको हो, हामीले प्राविधिक शिक्षामा जोड दिएका छौंँ,’’ मन्त्री पोखरेलले भने ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्राविधिक शिक्षा देशको आर्थिक विकासको आधार भएकाले सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...