इन्जिनियरिङको पाठ्यक्रम परिमार्जन हुने

Enginiaring news

काठमाडौं । स्नातक तहको सिभिल तथा ग्रामिण इन्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम परिमार्जन हुने भएको छ । यसका लागि सरोकारवालाहरुसँंग छलफल सुरु भएको छ ।

पोखरा विश्वविद्यालयको सम्वन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरले यसका लागि विषयसँग प्रत्यक्ष सरोकार राख्ने संस्था गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (नर्मिन) सँग छलफल थालेको हो ।

कलेजका प्राज्ञिक संयोजक ई. मोहनध्वज केसीले थप छलफलपछि पाठ्यक्रमको अन्तिम परिमार्जन गरी स्वीकृतिको लागि पोखरा विश्वविद्यालयमा पेश गरिने बताए ।

छलफलमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिव शंशलाल तामाङले ग्रामिण क्षेत्रमा काम गर्ने इन्जिनियर तथा प्राविधिकहरुमा गाउँको परिवेशबारे जानकार हुनुपर्ने खाँचो औंल्याए ।

सो छलफल कार्यक्रममा महासंघका अधिकृत राजेन्द्रप्रसाद प्याकुरेल, कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका सिभिल तथा ग्रामिण इन्जिनियरिङ विभागका प्रमुख डा गणेश शाह, कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ लगायतले कलेजबाट उत्पादित उच्चस्तरीय प्राविधिक जनशक्तिले ग्रामिण क्षेत्रको वास्तविकता बुझ्नुपर्ने आवश्यकता औंल्याए । उनीहरुले समस्याहरूको उचित तथा व्यवहारिक समाधान दिन सकेमा मात्र कलेजको उदेष्य पूरा हुनेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...