विराटनगरका दुई विद्यालय उत्कृष्ट स्कूल–कलेजको सूचीमा

Everest boarding school

विराटनगर । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कार प्रदान गर्नका लागि छनौट गरेको उत्कृष्ट विद्यालयको सूचीमा विराटगरका दुई विद्यालय परेका छन् ।

विराटनगरमा रहेको एभरेष्ट इंग्लिस बोर्डिङ स्कूल र मनमोहन पोलिटेक्निक इन्स्टिच्यूट मोरङ उत्कृष्ट स्कूल–कलेजको सूचीमा परेका हुन् ।

शिक्षा मन्त्रालयले छनौट गरेका सो सूचीमा विराटनगरको एभरेष्ट इंग्लिस बोर्डिङ संस्थागत विद्यालयमा कक्षा १२ तर्फ दोस्रो स्थानमा छ भने सिटिईभिटीबाट छनौट भइ सिफारिस भएका आधारमा साझेदारीतर्फ मनमोहन पोलिटेक्निक इन्स्िटच्युट मोरङ रहेको छ ।

आ–आफ्नो वर्गमा उत्कृष्ट नतिजा ल्याउन सफल भइ पहिलो, दोस्रो र तेस्रो भएका शैक्षिक संस्थाहरुलाई राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्रालयले पुरस्कृत गर्दछ ।

यस वर्ष पुरस्कृत हुने शैक्षिक संस्थाहरुः
सामुदायिक विद्यालयमा कक्षा १० तर्फ–
१. शितलादेवी सामुदायिक विद्यालय कास्की
२. त्रिपद्म विद्याश्रम मावि ललितपुर
३. कालिका मावि रुपन्देही

संस्थागत विद्यालयतर्फ¬–
१.मदरल्याण्ड मावि कास्की
२. जेम्स मावि ललितपुर
३. ज्ञान निकेतन मावि काठमाडौं

कक्षा १२ तर्फ सामुदायिक विद्यालयतर्फ
१. अमरसिंह मावि कास्की
२. विश्व निकेतन मावि काठमाडौं
३.बज्रबाराही मावि ललितपुर

संस्थागत विद्यालयमा कक्षा १२ तर्फ–
१. एसओएस हर्मन माइनर भक्तपुर
२. एभरेष्ट इंग्लिस बोर्डिङ मोरङ
३.नेशनल सेकेण्डरी स्कूल ललितपुर

यसैगरी सिटिईभिटीबाट छनौट भइ सिफारिस भएका आधारमा आंगिकतर्फ लाहान प्राविधिक शिक्षालय सिरहा, सामुदायिकतर्फ पद्मोदय मावि दाङ, साझेदारीतर्फ मनमोहन पोलिटेक्निक इन्स्िटच्युट मोरङ र निजीतर्फ नेशनल हृयुमन रिसोर्स डेभलपमेन्ट एकेडेमी धनुषा पुरस्कृत हुने भएका छन् ।

प्रतिकृया दिनुहोस