हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Hajiri jawaf kanchanpur

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

३९औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औ अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा प्रतियोगितामा रेडियण्ट उमावि कटानले प्रथम भएको छ ।

सो प्रतियोगितामा मर्निङ्ग ग्लोरी जानकीटोल द्वितीय, इन्टरनेसनल मावि भाँसी तृतीय र लिटिल बुद्ध एकेडेमी भगतपुर चौथो भए । प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र चौथो हुने विद्यालयलाई क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीमबहादुर शाहुले विजयी विद्यालयलाई पुरस्कार वितरण गरे । सो कार्यक्रममा भीनपा आधारभूत तथा माध्यमिक शिक्षा शाखाका स्रोत व्यक्ति हरिराज विष्टले सञ्चालन गरेका थिए भने शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्ना, कार्यपालिका सदस्य, प्रशासकीय अधिकृत हरिसिह धामी लगायतका सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...