भक्तपुरमा पहिलो पटक वीवीएमको पढाई हुने

Khwopa school

भक्तपुर । काठमाडौं उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलो पटक वीवीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट)को पढाई हुने भएको छ ।

वीबीएमको पढाई काठमाडौंमा मात्रै हुने गरेको छ । त्यसमा पनि सरकारी क्याम्पसहरुमा हुँंदै आएको छ । यसबाहेक केही फाटफुट मात्रै निजी क्याम्पसहरुले यसको पढाइरहेका छन् ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्वन्धन प्राप्त गरेको छ । स्वीकृति प्राप्त गरेपछि यो वर्षदेखि बीबीएमको पढाई हुने कलेजले जनाएको छ ।

ख्वप कलेजका प्राचार्य रुपक जोशीले तीनवर्षपछि कलेजले बीबीएमको लागि स्वीकृति प्राप्त गरेको जनाए । यसको पढाई समेष्टर सिस्टममा हुने जनाइएको छ । कोर्ष चार वर्षे हुनेछ ।

कम्प्युटर कोर्षहरु पनि रहेकाले यसप्रतिको आकर्षण वढी रहेको बताइएको छ । म्यानेजमेन्टका मिड लेभलका विद्यार्थीको विशेष आकर्षण यसप्रति रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...