भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले बनाइदिने

भूकम्प प्रतिरोधी घर

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको छ ।

प्यारालाइसिसले ग्रसित ६५ वर्षीया राईको एक मात्रा जीवनको सहारा छोरा भए पनि उनीसमेत सुस्त भएकाले घर निर्माणमा समस्या भएपछि वडा कार्यालयले सहयोग गर्ने भएको हो । वडाध्यक्ष भुपाल सिं राईले भने, ‘भूकम्पले घर ध्वस्त बनाएर अनुदान पाए पनि अनुदान लिन र बनाउनका लागि सहजीकरण गर्ने कोही छैन ।’

उनको एक जना डल्ले नाम गरेको छोरा छन्, उनी पनि सुस्त, आफू पनि हिँडडुल गर्न सक्नुहुन्न गाउँमा कसैले पनि पत्याउँदैनन् त्यसैले वडाले सहयोग गर्न लागेको हो ।

चार जना छोराछोरीकी आमा पीडित राईको श्रीमान्को समेत ३० वर्ष अघि नै मृत्यु भएको थियो । एक छोरा र दुई छोरीसमेत कहाँ छन् भन्ने कुनै टुङ्गो छैन । उनको करीब दुई रोपनी जग्गा छ भने भएको एक तले घरसमेत भूकम्पले क्षति पु¥याएपछि थप समस्या थपिएको छ ।

अधिकांशले घरको डिपिसी सकेर दोस्रो तथा तेस्रो किस्तासमेत लिइसकेको अवस्थामा पीडित राईले वडाध्यक्षको सहयोगमा भर्खर पहिलो किस्ताबापतको अनुदान रकम बुझेका छन् । करीब तीन वर्षयता प्यारालाइसिसको बिरामी भएपछि हिँडडुल गर्न समस्या भएको रत्नकुमारी राईको भनाइ छ ।

‘रकम भए पनि कामदार लगाउनसक्ने क्षमता नभएपछि भूकम्प प्रतिरोधी घर वडाले निर्माण गरिदिने भएको हो’, वडा अध्यक्ष राईले भने, ‘घर निर्माणका लागि अनुदानको रकम अपुग भए वडाले व्यवस्था गर्नेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...