किन यसरी बढेको बढ्यै छ बलात्कारका घटना ?

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

Rape case

बुटवल । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् ।

मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् ।

कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ ।आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरिए पनि शनिबार बिदा भएकाले आइतबार मात्रै जाहेरी दर्ता गरिने कोहलपुर प्रहरीले जनाएको छ ।

मंगलबार कोहलपुर नगरपालिका–३ मैटहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर–४ बस्ने १५ बर्से किशोर हरूण खाँले घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका बलात्कारको सिकार भइन् । कञ्चन गाउँपालिकाकी उनलाई २० बर्से विकल भन्ने खेमबहादुर पुनले बलात्कार गरेका थिए । मावली घर आएकी उनलाई राति चकलेट दिन्छु भन्दै उनले बलात्कार गरेका हुन् ।

तीन दिनअघि बुटवलको ज्ञानपुञ्ज विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल यौनहिंसा आरोपमा पक्राउ परेका छन् । उनले विद्यालयको छात्रावासमै छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप छ ।

बिहीबार गुल्मी रजस्थलका ५६ बर्से धनबहादुर चुँदाराले ३५ वर्षीया एक महिलामाथि बलात्कार गरेका थिए । खेतमा पानी लगाएर फर्किंदै गरेकी उनीमाथि उक्त घटना भएको हो ।

रोल्पामा एक सातामा बलात्कारका दुई मुद्दा प्रहरीकहाँ पुगेका छन् । शुक्रबार मात्रै साढे ६ वर्षीय बालिकामाथि भएको बलात्कारको मुद्दा प्रहरीकहाँ आएको हो । रोल्पा नगरपालिकाभित्रकै एक बालिकालाई उनको नाताभित्रैका १५ वर्षीय किशोरले बलात्कार गरेको अभिभावकले जाहेरीमा लेखेका छन् ।

छोरीमाथि जबरजस्ती भएको भन्दै बालिकाका परिवारले शुक्रबार प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । ११ दिनअघि सो घटना भएको परिवारले जनाएका छन् ।

छोरी बिरामी भएपछि परिवारले उपचारका लागि स्वास्थ्य संस्थामा लगेका र परीक्षणपश्चात् स्वास्थ्यकर्मीले करणी भएको पुष्टि गरेका हुन् । बालिकालाई सोधपुछ गर्दा आमाको भदै नाता पर्ने किशोरले आफूमाथि करणी गरेको बताएकी छन् ।

आफूमाथि जबरजस्ती करणी भएको भन्नेसमेत थाहा नपाएकी बालिकाले शारीरिक पीडाबारे अभिभावकसँग खुलाएकी थिइनन् । खाना नखाने, टोलाउने र ज्वरो आउन थालेपछि अभिभावकले उपचारार्थ स्वास्थ्य संस्थामा लगेका थिए । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...