नेपालले दियो मलेसियालाई १८९ रनको लक्ष्य

Nepal cricket 4

काठमाडौं । एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धा्रित ३० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपालका लागि आरिफ शेखले नट आउट ६४ रन र दीपेन्द्रसिंह ऐरीले ५४ रनको योगदान दिए । यी दुई खेलाडीले छैटौं विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले राम्रो योगफल खडा गरेको हो ।

आज बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको थियो । मलेसियाले टस जितेर फिल्डिङ रोजेको थियो । खेल ३०(३० ओभरमा छोट्याइएको थियो ।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरिसकेको छ । आज मलेसियालाई हराउँदै एसिया कप छनौटको फाइनलमा पुग्ने आशा जिवितै राख्नुपर्ने दबाबमा नेपाल छ । छनौट खेलको विजेताले एसिया कप खेल्न पाउनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...