स्व. आमाको स्मृतिमा विद्यालयलाई सहयोग

Sahyog school

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ गाडपारका एक परिवारले आफ्ना स्व. आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई सहयोग गरेकोे छ ।

गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उनको श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६-८ तहको पठनपाठन सहयोग पु¥याउन सात लाख ८० हजार प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर पुर्जाले बताए ।

उनका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक १२ हजारका दरले सो रकम उपलब्ध गराएको हो । दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । बाह्र शिक्षकमध्ये दरबन्दीका चार र अन्य निजी स्रोतका हुन् । विद्यालयमा दुई बालशिक्षा सहयोगी कार्यकर्ता पनि रहेका शिक्षक ओमबहादुर बुढाथोकीले बताए ।

 

 

प्रतिकृया दिनुहोस