कोरियामा श्रीमान काठमाडौंमा घर, परपुरुषसँग सल्किएपछि झुण्डिएर मर !

Mahila himsha

बुटवल । बुटवलका एक महिलाले डाको छाड्दै भनिन् ‘दाई मलाई बचाउनुस् । म कि उसलाई पाउनु पर्छ नत्र झुण्डिएर मर्नु पर्ने अवस्थामा पुगेकी छु ।’ उनलाई चार महिना अघि पनि आज कै अवस्था रहेको र विष पिएर मर्दैछु भनेपछि बुटवल इलाका प्रहरी कार्यालयका तत्कालिन प्रमुखलाई फोन गरेर उनलाई आत्माहत्या गर्नबाट बचाउनका लागि आग्रह सम्प्रसन गरिएको थियो ।

उनका अनुसार श्रीमान कोरियामा छन् । प्रशस्त पैसा कमाउँछन् । उनको काठमाडौंमा तीन(चार तले घर थियो । प्रशस्त पैसाहरु थिए । एउटी छोरी थिईन् । यहि क्रममा गुल्मीका एक बाहिरी जिल्ला बसेर निर्माण ब्यवसाय गर्ने ब्यक्तिले १० वर्ष अघि देखि माया जालमा पारे ।

त्यसपछि श्रीमान प्रति घृणा जाग्न थाल्यो, भने ती परपुरुष बिना बाँच्न नसक्ने भईन् उनि । उनकै लागि उनि काठमाडौं छाडेर बुटवल आईन् । श्रीमान बिदेशबाट आएपछि उनलाई घरबाट निकालियो । त्यसपछि तीनै प्रेमीले बुटवलमा बोलाएर राखेको उनि बताउ छन् ।

दशौं वर्ष देखिको प्रेममा उनि पागल जस्तै बनेकी छन् । उनले रुदै भनिन् ‘उसको घरमा श्रीमती छोरा छोरी छन् । मलाई उसले घर लैजान सक्दिँन भन्छ । म उसको घरै जान वा कतै मिलाएर राखेर माया दिए मात्रै पुग्थ्यो । म उ विनाको जिन्दगी कल्पना गर्न पनि सक्दिन ।’

उनले थपिन्, ‘यतिका वर्षसम्म म उसलाई मेरो शरीर मात्रै सुम्पिन, भएको धन सम्पती सबै सुम्पिएँ । अहिले म संग उ विरुद्ध उजुरी हाल्न गुल्मी आउने बाटो खर्चसमेत छैन । मेरो चेक उसैले बोकेर हिडेको छ । खाली भाग्दै तर्किदै हिड्छ ।’

म के गरुँ, दादा मलाई बचाउनुन । उसलाई खोजि गरिदिनुस न । प्राप्त जानकारी अनुसार गत वर्ष ती पुरुषले म दुखमा छु भनेर बिहे गर्नबाट पन्छिएका थिए । त्यस अघि मिलाएर बुटवलमा राखेका थिए ।

ती महिला बुटवलमै अलपत्र छन् । गुल्मी स्थित अधिकारकर्मी महिला विष्णुकुमारी सापकोटासँग उनको बिलौना सुनाई दिदा सापकोटा भन्छिन–‘उनि गुल्मी नआएसम्म केहि गर्न सकिदैन ।’ तर गुल्मी आउन उनलाई खर्च अभाव भएको छ ।’

प्रतिकृया दिनुहोस