कहिले सुल्झिन्छ बिजेश्वरी छात्रावासको समस्या ? एकताले सुस्तायो छलफल पनि

Bijeswori chatrabas

काठमाडौं । दुई पार्टीबीच एकता भएको लामो समयपछि यसका दलित संगठनहरु पनि एकता प्रक्रियामा गएका छन् । तर, दलित संगठन बचिको एकता प्रक्रिया लम्बिदै जादा लामो समयदेखि विवादमा तानिएको विजेश्वरी छात्राबासको समस्या अझैं सुल्झिन सकेको छैन ।

खासगरी ततकालीन नेकपा एमाले र माओवादी केन्द्रका दलित संगठनहरुको एकता प्रक्रिया नटुंगिदाँ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले कब्जा गरेका विजेश्वरी छात्राबासको समस्या पनि थाँती नै रहेको छ ।

दुई वटा दलित संगठन बीचको एकताले गर्दा पनि केही समयदेखि विजेश्वरी छात्राबासको विवाद समाधान हुन सकिरहेको छैन । यसलाई समाधान गर्नेतर्फ अन्य सरोकारवालाको पनि ध्यान गएको छैन ।

समयमै छात्राबासको समस्या समधान नहुँदा विद्यार्थीबीच कुटाकुटसमेत भएको छ । विभिन्न राजनीतिक दलका भात्रृसंगठन र अन्य दलित गैरसरकारी संस्थाहरु पनि सो विजेश्वरी छात्रावास जग्गामा संघले कब्जा गर्न नपाउने बताइरहेका छन् । तर, संघले भने विजेश्वरी छात्रबास भएको जग्गा आफ्नो भएकालले सरकार वा अमुक संघ संस्थालाई फिर्ता दिन नसकिने बताउँदै आएको छ ।

यता दलित आन्दोलनकर्मीहरुले भने दलित आन्दोलनबाट प्राप्त उपलब्धीलाई डलरको खेती गर्ने गैरसरकारी संस्थाको हातमा विजेश्वरी छात्राबास सुम्पिन नसकिने बताउँदै आएका छन् । 

‘दलित आन्दोलनको एउटा हिस्सालाई त्यसरी थपक्कै एउटा अमुक गैरसरकारी संस्थाको जिम्मा लगाउन सकिँदैन’ पूर्व सभासद पर्शराम रम्तेल भन्छन्, ‘हिजोको दिनमा संघले सो जग्गा प्रयोग गरेको भए पनि अबको दिनमा संघले भोगचलन गर्न पाउँदैन र दिनेवाला पनि छैनौं ।’

पूर्व एमाले र माओवादी केन्द्रका दलित संगठनहरुको एकता प्रक्रियामा नेताहरु लागेका कारण अहिले विजेश्वरी छात्राबासको समस्या समाधान हुन सकिरहेको छैन । राजनीतिक दलका दलित नेताहरु कै सुस्तताले गर्दा पनि विजेश्वरी छात्राबासमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको हालिमुहाली हुने सम्भवना बढ्दै गएको छ ।

२०१९ मा दलित आन्दोलनका अगुवा सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीका लागि दलित छात्रावास बनाउने माग गरिएको थियो । त्यसबेला तत्काली राजा महेन्द्रले छात्राबास सञ्चालन गर्न २५ हजार रुपैयाँ दिएका थिए ।

सोही रकमबाट काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. १५, विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा किनिएको थियो । त्यो बेला दलितका संघ संस्था दर्ता नभएका कारण आपसी सल्लाहमा सहर्षनाथ कपालीकै नाममा जग्गा किनिएको थियो । त्यसैका आधारमा २०१९ सालमै सो छात्राबासको भवनको पनि शिलान्यास गरिएको थियो ।

तर, बजेटको अभाव भएपछि लामो समयसम्म सो छात्राबास बन्न नसकेपछि २०२८ मा हिरालाल विश्वकर्माको अध्यक्षतामा छात्रावास निर्माण समिति बनाइएको थियो । सो समितिको पहलमा तत्कालिन सरकारले भवन निर्माणका लागि २५ लाख रुपैयाँ दिएको थियो ।

त्यही पैसाबाट भवन बनेपछि २०३३ मा विद्यार्थी बस्ने १६ कोठा, डाइनिङ हल, बैठक हलसहित एक तले भवन बनेको थियो । त्यही पैसाले वार्डेन बस्ने छुट्टै चार कोठे भवन पनि बनाइएको थियो । सो भवन बनेपछि तत्कालीन सरकारले प्रत्येक वर्ष १० हजार रुयैयाँका दरले छात्राबास सञ्चालनार्थ सहयोग गर्दै आएको थियो ।

यसलाई नेपालको दलित आन्दोलनले उपलब्धिको रुपमा लिँदै आएको छ । तर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जालसाझी ढंगले आफ्नो कब्जामा पारेपछि विवादको घेरामा तानिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...