एसियाडमा सञ्जुले बनाइन् राष्ट्रिय किर्तिमान

Sanju weightlifting

काठमाडौं । १८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

सन्जुले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन् ।

उनले जकार्ताको जेआई एक्स्पो हलमा मंगलबार स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन् ।

तीन महिना अघि उनले काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा स्यान्चमा ७१ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उचाल्दै १५६ केजी उचालेर किर्तिमान बनाएकी थिइन । यस पटक उनले आफ्नो रेकर्ड सुधार गरेकी हुन् ।

उनले पहिले चरणमा स्न्याचतर्फ ६८ केजी र दोस्रो राउन्डमा ७२ केजी उचालेकी थिइन् । तेस्रो राउन्डमा ७३ केजीको भार उचाल्न सकिनन् । त्यसैगरी क्लिन एन्ड जर्कमा पहिलो राउन्डमा ८२ र दोस्रो राउन्ँडमा ८६ केजी उचालिन् । तेस्रो राउन्डमा ८८ केजी उचाल्ने प्रयास सफल भएन । १२ खेलाडी सहभागी स्पर्धामा सन्जु १२ औं स्थानमा आइन् ।

फिलिपिन्सकी हिडिल्यन डाएजले समग्रहमा २०७ केजी तौल उचाल्दै स्वर्ण पदक जितिन् । तुर्किमेनिस्थानकी क्रिस्टिना सेर्मेटोभाले समग्रमा २०६ केजी भार बहन गर्दै रजत र थाइल्यान्डकी सुराड्चना काम्बाओले समग्रमा २०१ केजी उचाल्दै तेस्रो स्थान हासिल गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...