सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

Balatkar (1)

चितवन ।  प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् ।उनिहरुमाथि  भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको डिएसएम मिनरल वाटर कम्पनीमा लगी सामूहिक बलत्कार गरेको आरोप लागेको छ ।

उनीहरुले बालकसँग सामान्य चिनजान भएकी उनलाई दिउँसो ३ बजे नारायणगढको पुल्चोक पु¥याइदिने भन्दै म्याजिकमा लगेका थिए । म्याजिकका सहचालक र म्याजिक चालक आकाश थापाले दिनभर अनेक बहाना बनाई साथमा नै लिएर हिँडेको प्रहरीले जनाएको छ । दिनभरसँगै लगेपछि रातको समयमा किशोरीलाई मिनरल वाटर कम्पनीमा लगी मादकपदार्थ सेवन गराई सामूहिक रुपमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

बालिकाको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने आचार्यले बताए । घटना साउन ३० गतेको भएपनपीडितका आफन्तले भदौ १ गतेमात्र प्रहरीमा जाहेरी दिएका जनाएको छ। उनिहरुमाथि अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...