सिंहदरबार अगाडि नग्न प्रदर्शन गर्नेमाथि म्याद थप

Limbupng

काठमाडौं। सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गरेका युवक जितिन लिम्बुमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर अन्तरगत म्याद थप गरिएको छ।नयाँ मुलुकी एेन लागू भएकै दिन ऐनको विरोधमा नग्न भएर विरोध प्रदर्शन गरेको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो।

उनीमाथि मुलुकी ऐनमा भएको सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुर अन्तरगत जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरिएको हो।महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

लिम्बुमाथिको कसुर प्रमाणित भए ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ।मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका लिम्बुले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए।

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...