आजदेखि १८ औँ एसियाड : नेपालले कुन–कुन खेलमा ल्याउला पदक ?

Asiyad

काठमाडौ‌ । आजदेखि इन्डोनेसियामा १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदैछ । नेपालसहित ४५ राष्ट्रले एसियाडका ४ सय ६५ इभेन्ट्स खेल्नेछन्  । इतिहासमै पहिलोपटक दुई फरक सहर जकार्ता र पालेम्बाङमा प्रतियोगिता हुँदै छ ।

सन् १९६२ मा पहिलोपटक जकार्ताले एसियाड गर्दा १६ राष्ट्रले ९७ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।

४५ राष्ट्रका खेलाडी तथा अफिसियललाई प्रभावित पार्न इन्डोनेसियाले अन्तर्राष्ट्रिय विमानस्थलदेखि सडक रंगिचंगी बनाएको छ । मुल सडकका किनारमा ‘एसियाड’ र ‘इन्डोनेसियामा स्वागत छ’ लेखिएका ब्यानर राखिएका छन् ।

शनिबार साँझ गेलोरा बुङ कार्नो अन्तर्राष्ट्रिय रंगशालामा राइसा, टुलुस, इडो कान्डोलोगित, पुत्री एयु, फाटिन, कामासेए र भिए भालेनले प्रस्तुति दिनेछन् । जकार्ताको मुख्य रंगशाला आकर्षक ढंगले सजाइएको छ । कृत्रिम पहाड बनाइएको छ । जहाँ इन्डोनेसियामा पाइने रूख र बिरुवा राखिएका छन् । ४ हजार डान्सरले प्रदर्शन गर्ने कार्यक्रम छ ।

एसियाडमा नेपालको प्रदर्शन
एसियन राष्ट्रका नजरमा एसियाड ओलम्पिकजस्तै हो  । ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि कम्तीमा एसियाडमा राम्रो नतिजा निकाल्नुपर्छ भन्ने भावना सहभागी राष्ट्रहरू राख्छन्  ।

तर, एसियाडको इतिहास केलाउँदा अहिलेसम्म चीन, जापान र दक्षिण कोरियाले मात्र पदकमा एकाधिकार जमाएका छन्  । प्रत्येक संस्करणमा यिनै ३ राष्ट्रबीच मात्र स्वर्ण जित्ने होडबाजी चल्छ । प्रतियोगितामा ओसिएसँग आबद्ध भएका राष्ट्रले मात्र भाग लिन पाउँछन्  । ओसिएको अति नै सक्रिय राष्ट्रका रूपमा नेपाल पर्छ ।

एसियाडमा नेपालको अहिलेसम्म २३ पदक

नेपाल एसियाडको सुरुवातकै संस्करण खेल्ने राष्ट्रमा पर्छ । सन् १९५१ मा भारतको नयाँदिल्लीदेखि नै नेपालले आफ्नो उपस्थित जनाउन थालेको हो । त्यसवेला केवल ११ राष्ट्रले मात्र एसियाडमा भाग लिएका थिए । सन् १९५४ र १९६२ बाहेकका सबै संस्करणमा नेपालले आफ्ना खेलाडी प्रतिस्पर्धामा उतारेको छ ।

एसियाडमा नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक नेपाललाई रजत दिलाएकी थिइन् । उनको सफलता नै अहिलेसम्मको ठूलो हो । यसबाहेक २२ कास्य पनि नेपाली खेलाडीले भित्र्याएका छन् ।

नेपालले सबैभन्दा सफल प्रदर्शन तेक्वान्दोमा गर्दै आएको छ  । १ रजत र १३ कांस्य तेक्वान्दोबाटै प्राप्त भएका हुन  । त्यस्तै, बक्सिङमा ६ र करातेमा ३ कांस्य जितेको छ । तेक्वान्दोमा दीपक विष्ट मात्र यस्ता खेलाडी हुन्, जसले ‘ब्याक टु ब्याक’ एसियाडमा कांस्य जितेका थिए ।

उनले सन् २००२ को बुसान र सन् २००६ को दोहा एसियाडमा निरन्तर नेपाललाई कांस्य दिलाए  । नेपालले १९८६ को दशौँ संस्करणदेखि एसियाडमा पदक जित्न थालेको हो  । उक्त प्रतियोगितामा ऐतिहासिक प्रदर्शन गर्दै बक्सिङ र तेक्वान्दोमा गरी सर्वाधिक ८ कांस्य पदक जितेको थियो  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...