पोखरामा ‘बिच’ भलिबल प्रतियोगिता सुरु

Volleyball

पोखरा । पोखरामा फेवाताल किनारमा आज अन्तर क्लब खुल्ला पुरुष‘बिच’ भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे ।

उद्घाटन खेलमा कास्की जिल्ला भलिबल सङ्घको ‘बी’ टीमले नेपाली सेनाको सिद्धिबक्स गण फूलबारी ‘ए’लाई २१–१७, १५–२१ र १५–११ले पराजित गरी विजयी भयो ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा जारीस्थित सो प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीको चार विभागीयसहित २२ टिमको सहभागिता रहेको छ । बालुवाको कोटमा खेल्ने ‘बिच’ भलिवल प्रतियोगिता पोखरामा चौथोपटक आयोजना गरिएको हो । यस खेलमा एक टिमबाट दुई जना खेलाडी खेल्ने गरिन्छ ।

सो अवसरमा मन्त्री गुरुङले गण्डकी प्रदेशले खेलकूदको विकासका लागि एकेडमी, परिषद् र बहुउद्देशीय रङ्गशाला निर्माणको योजनालाई अघि सारिएको जानकारी गराए । खेलकूदको माध्यमबाट गण्डकी प्रदेशलाई सबैभन्दा विशेष महत्वको प्रदेश बनाउने उल्लेख गर्दै उनले खेलकूद क्षेत्रको नीतिगत र कानूनी समस्याको पहिचान गरी त्यसको निराकरण गर्न सरकार तत्पर रहेको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...