बेसाहारा बनेका २ बालकको सहयोगमा उठ्यो साँढे ६७ हजार

Bajura balak help 1

बाजुरा । आमाको मृत्युपछि वेसाहारा बनेका बाजुराका २ बालकको उद्धारमा जिल्लामा सहयोगका लागि साँढे ६७ हजार संकलन भएको छ ।

५ वर्षअघि उनीहरुकी आमा किडी नेपालीको बच्चा पाउन नसक्दा मृत्यु भए बुढिगंगा नगरपालिका १० बस्ने मंगल नेपालीका दुई छोरा अनिल र अरुण साहाराविहीन बनेका थिए । 

आमाको मृत्यु भएपछि बाबुले अर्की आमा ल्याएर बेपक्ता भएको र उनीहरुलाई ७० वर्षीय हजुरआमा इन्द्रा नेपालीले पढाउन नसकेको समाचार साउन २२ गते निशान न्युजमा प्रकाशन भएपछि नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराले सहयोग संकलन थालेको थियो ।

निशान न्युजमा साउन २२ को अंकमा ‘वेसहारा बने आमा गुमाएका दुई दलित बालक’ शिर्षकमा समाचार प्रकाशन भएपछि नेपाल निजामति कर्मचारी संगठनकी केन्द्रिय उपाध्यक्ष भवानी दाहालको जिल्लास्थित आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर थापालाई बेसाहरा बनेका ती दुई बालकको उद्धारमा लाग्न आग्रह गरेकी थिइन् ।

त्यसेका आधारमा संगठनले जिल्लामा सहयोग संकलन गरेको थियो । संगठनको पहलमा गरिएको अभियानबाट ६७ हजार पाँच सय १५ रुपैयाँ संकलन भएको संगठनका सदस्य महादेव पन्तले बताए ।

यस्तो सहयोगीहरुको विवरण
चेतराज बराल प्रजिअ १०००।–
धनबहादुर थापा ३०००।–
पुर्णचन्द्र जैशी १५००।– 
महादेव पन्त ११००।–
रामबहादुर बिक १०००।–
बिशाल पुडासैनी १०००।–
दिप सिंह भण्डारी ११००।–
खम्वीर बुढा २०००।–
पश्चिमा रावल ११००।–
लक्ष्मण देव पाण्डे ११००।–
शंकर रोकाया १०००।–
जंगबहादुर थापा १०००।–
पदमा भट्ट १०००।–
गोपालदत्त जोशी १०००।–
खेमराज ढकाल १५००।–
पुष्पराज जैशी १०००।–
देवनन्दन ठाकुर १०००।–
शारदादेवी भट्ट १०००।–
करनबहादुर शाही २०००।–
गिफ्ट बाजुरा २०००।–
सुरेन्द्र देउवा १०००।–
प्रभा जोशी १०००।–
डम्वर बिश्वकर्मा १०००।–
छवीराज जैशी १०००।–
भीमा राई १०००।–
देवु खाती ११०५।–

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...