गाई काट्न खोज्नेलाई लाग्यो झड्का, गाई काटे अब ३ वर्ष बस्नुपर्ने

Cou niyam

काठमाडौं । नेपालमा धर्म निरपेक्ष भएपछि गाई काट्ने विषयमा बेलाबेला बहस हुने गर्छ । कतिपयले गाई काटेर खान पाउनुपर्छ भनिरहेका छन् भने धेरैले गाई काट्नु अपराध मान्छन् ।

तर, भदौ १ गतेदेखि नेपालमा गाई, गोरु मार्न वा कुट्न प्रतिवन्ध लगाइएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ मा पशुपंक्षी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ ।

उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट र्पुयाउने नियतले कुनै काम गर्न गराउन बन्देज गरिएको छ । कसैको उद्योगले कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैदको हुने भएको छ ।

उपदफा ३ मा कसैले गाई वा गोरुलाई कुटेर अंगभंग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँँसम्म जरिवाना तोकिएको छ । आफ्नो वा अरुको जिउज्यानमा पुर्याउने क्षतिबाट बच्नका लागि गरेको उद्योगबाट गाई वा गोरु मरेमा वा चोटलागेमा ऐन आकर्षित हुने छैन ।

धार्मिक स्थलमा पशु वा पंक्षीको बली दिनुपरे विकल्पमा हुन सक्ने अन्य उपाय भएसम्म अवलम्बन गर्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।

कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । दफा २९२ ले कसूर भएको मितिले वा कसूर भएको थाहा पाएको मितिले तीन महिनाभित्र उजुर लाग्ने गरि हदम्याद तोकेको छ ।

ऐनको दफा २९१ को उपदफा १ मा कुनै पशु वा पंक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्न रोक लगाइएको छ । परम्परादेखि पशु वा पंक्षीको बध गर्दै आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पंक्षी मार्न वाधा पर्ने छैन ।

त्यति मात्र होइन, ऐनको दफा २९० को उपदफा १ मा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्नु दण्डनिय हुनेछ ।

कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन पनि पाइने छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...