एकदिवसीय क्रिकेट : नेपाल भर्सेज नेदरल्यान्ड्स, पहिलो जित मात्रै हात पार्ने ठूलो अवसर आजै

One day kriket

काठमाडौं । आफ्नो ऐतिहासिक एक दिवसीय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिँदछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि पहिलोपटक एकदिवसीय क्रिकेट खेल्ने अवसर प्राप्त गरेको नेपालका लागि शुक्रबारको खेल जित्नै पर्ने बाध्यता छ ।

शुक्रबारको खेलमा नजिता आफ्नो पक्षमा पार्न सकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट मान्यता प्राप्त एकदिवसीय खेलमा नेपालले पहिलो जित मात्रै हात पार्नेछैन, नेदरल्यान्ड्सविरुद्ध जारी दुई खेलको शृंखला १–१ को बराबरीमा टुंग्याउनेछ ।

पहिलो खेल गुमाइसकेको अवस्थामा यो खेलले नेपालका लागि एकदिवसीय खेलको पहिलो जित हात पार्ने र जारी शृंखला जोगाउने अवसर जुराइदिएको छ ।

नेपाल बुधबार भएको आफ्नो पहिलो एकदिवसीय खेलमा भने नेदरल्यान्ड्ससँग ५५ रनको भारी अन्तरले पराजित भएको थियो । पहिले बलिङ गर्दै नेदरल्यान्ड्सलाई एक सय ८९ रनको सहज योगफलमा समेटेको नेपालले कमजोर ब्याटिङ गर्दै एक सय ३४ रनमा सबै विकेट गुमाएर ५५ रनको पराजय बेहोर्न पुगेको थियो ।

दोस्रो एकदिवसीय खेलमा भने जितका लागि नेपाललाई आफ्नो ब्याटिङ प्रदर्शनमा सुधार ल्याउन आवश्यक छ । शुक्रबारको खेलमा जितका लागि नेपालले आफ्नो कमजोर ब्याटिङ प्रदर्शनमा सुधार ल्याउन आवश्यक छ ।

पहिलो खेलको प्रदर्शनमा नेपालको बलिङ र फिल्डिङ सन्तोषजनक देखिएको छ । पहिलो खेलमा कप्तान पारस खड्कासहित नेपाली मध्यम गतिका बलरहरूले आठ विकेट लिएर आफ्नो प्रभावकारिता देखाइसकेका छन् ।

दोस्रो खेलमा ब्याटिङमा सुधार ल्याउन सकेको अवस्थामा नेपालले आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलालाई साँच्चिकै ऐतिहासिक बनाउन सक्नेछ। नेपालले शुक्रबारको खेलमा आफ्नो ब्याटिङ क्षमता बढाउन अर्को एक ब्याट्सम्यानलाई मैदानमा उतार्न सक्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...