ओलीलाई कोइरालाको प्रश्न : कालिदासले कुनै डिग्री लिएका थिए र ?

Kul ptd koirala

काठमाडौं । क्यानाडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला आफु विमानस्थलबाट नियन्त्रणमा लिइएको घटनालाई सामान्य रुपमा नलिएको बताएका छन् ।

डा. कोइरालाले आफुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा विमानस्थलबाट नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।

‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो’ आइतबार गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु । तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।’

यो घट्नाले सो सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ ।
‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईँन्’ उनले भने, ‘हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ ।’

आफुले अघिल्लोपटक प्रचण्ड ज्यु प्रधानमन्त्री हुँदा चीन गएकै विधि र प्रकिया अपनाएर विदाको निवेदन दिएको जिकिर गरे । उनले आफ्नो निवेदन शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता भए पनि त्यो रोकिएको बताए । उनले प्रश्न गरे, ‘मेरो विदाको निवेदनको फाइल किन लुकाइयो ?’

उनले सो घट्नालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै यो अन्तर्राष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेईज्जती भएको दुःखेसो पोखे । हवल्दारी पाराले विश्व विद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे ।

‘हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो’ उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘के कालिदासले कुनै डिग्री लिएका थिए र ? सबै वैज्ञानिकहरुले विश्वविद्यालयको आँगन टेकेका थिए र ? थिएनन् ।’ उनले आफुहरुले त्यति धेरै कुरा नबुझे पनि ‘तर तपाईहरुभन्दा केही जान्दछौं’ भन्दै ओलीलाइृ ठूलो चुनोती दिए ।

‘मलाई यो किसिमको अपहरण किन गरियो ?’ उनले भने, ‘म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीलेपनि लोकतन्त्र र गणतन्त्रको लागि भूमिका खेलेका छौं ।’ उनले ओलीको कदमलाई अधिकानायवादको पूर्व संकेत भएको दावी गरे । उनले भने, ‘नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिइरहेको छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...