बलबहादुरको अवस्था : खुल्ला आकासमुनिको बास, सुरक्षित घरको आस

Bal bdr bk

कुन्सरे, पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेन । रमाइलो सहर । त्यसैको पुच्छरमा छ कुन्सरे । कुन्सरे बस्तीको सिरानमा छ बलबहादुर विश्वकर्माको बास ।

उनी कुन्सरेको जंगलमा रहेको सानो कुनामा बास बस्छन् । जहाँ ५ वटा टीनको पाताले शीत ढाक्ने बनाइएको छ । त्यही ठाउँमा बलबहादुर बस्दै आएको वर्षाै भइसक्यो ।

४५ वर्ष पुगेका बलबहादुर जन्मदै अपांग पनि हुन् । उनी आँखा कम देख्छन्, कान पनि कम सुन्छन् । उनको हात पनि त्यस्तै छ । ४० वर्षीय श्रीमती कमलाले घरसँगै रहेको जंगलका सालका पात टिपेर बजार लैजान्छिन्, पात बेचेर कमाएको पैसाले छोराछोरीको छाँक टार्छन् ।

यसरी नै चलेको छ ५ जनाको परिवार । जसको एक धुरसम्म जग्गा छैन । बस्ने बास पनि गतिलो छैन । मात्र आकासको तारा छेकिन्छ । लाग्छ उनीहरुमै यसरी बस्न जन्मिएका हुन् ।

राज्यले आम नागरिकको लागि बास, गाँस र कपासको व्यवस्था गर्नुपर्छ । तर बलबहादुरको परिवार जंगलको छेउमा बस्दै आएको पनि वर्षाै भइसक्यो । तर, अहिलेसम्म राज्यले उनीहरुलाई नागरिक ठानेको छैन । मानौं उनीहरु नागरिक नै होइनन् । बलबहादुरको बसाई हेर्दा लाग्छ, उनीहरु अझैं ढुंगे युगमै छन् ।

नागरिकता बोकेका अनागरिक
उनीहरु वर्षाैदेखि वनको जग्गामा बस्दै आएका छन् । उनी बस्दै आएको ठाउँ पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालिका क्षेत्र मै पर्छ । तानसेन नगरपालिकाको बर्तुङदेखि झण्डै ३ किलोमिटर दक्षिणमा बस्छन् बलबहादुर ।

उनको घर पुग्न राजमार्ग छाडेर पैदल यात्रा गर्दा पनि २० मिनेट जति लाग्छ । तर, उनको अवस्था हेर्दा उनी मानव बस्तीसँग कुनै सम्बन्ध नै छैन । किनकी नगरपालिका क्षेत्रको बसाई । तर, परिवार बस्ने बाँस छैन । खाने गास छैन । आकाशमुनिको बाँस छ ।

उनी शारीरिक रुपमा असक्त छन् । तर, राज्यले उनलाई अपांगता भएका व्यक्तिसरह पनि मानेको छैन । अर्थात् उनी राज्यको सुविधा पाउनबाट पनि बञ्चित छन् । ‘अपांग भत्ताको कुरा गर्दा जन्मजात अपांग हुनुपर्छ भन्छन्’ कमलाले निशान न्युजसँग भनिन्, ‘खै हामी जस्तो गरिवलाई कसले देला र अपांग भत्ता ?’

बलबहादुर केही समयअघि मात्रै नागरिक भएका छन् । जिल्ला प्रशासन कार्यालयबाट बल्लबल्ल नागरिकता लिएका छन् । उनलाई नागरिकता दिलाउन पनि दलित दलितकारकर्मीले निक्कै प्रयास गर्नुपरेको स्थानीय दलित अधिकारकर्मी दिनेश गन्धर्व ।

पूरा हुँदै घरमा बस्ने सपना
अहिलेसम्म उनले ढुक्कसँग सुतेको रात छैन । जंगलको छेउ । जंगली जनवारको उस्तै डर । कहिलेकाँही जंगलका बाघ कराउँछन् । स्थानीय कम्तीमा पनि डर लुकाउन सक्छन् । तर, उनको डर लुकाउने ठाउँसम्म छैन ।

बलबहादुरलाई पनि आफ्ना कलिला बालबच्चा घरभित्र राख्ने रहर छ । आफु पनि ढुक्कसँग निदाउने रहर छ । सपनीमै भए पनि दुःखको जिन्दगी कटाउने रहर छ ।

अहिले उनको त्यो खुल्ला आकासे घर विस्थापनको तयारी भइरहेको छ । उनको त्यो आकासे घरलाई विस्थापन गरेर नयाँ घरमा बसाउने प्रयास गरेको छ विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसन (भावह) ले ।

फाउण्डेसनले बलबहादुरलाई नयाँ घरमा बसाउने गरी पक्की घर बनाइरहेको छ । जुन अन्तिम चरणमा पुगेको छ । फाउण्डेसनले देशविदेशमा रहेका विश्वकर्मासँग चन्दा संकलन गरेर घर बनाइरहेको छ । जुन घरमा बलबहादुरले आफ्नो परिवारलाई ढुक्कसँग राख्न पाउनेछन् ।

यसरी बन्यो घर बनाउने योजना
बलबहादुरको परिवार जंगलमा बस्दै आएको सार्वजनिक भयो । उनको दर्दनाक अवस्था थाहा पाएपछि विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसनका अध्यक्ष कृष्ण गहतराजको पहलमा बेलायतबाटै बलबहादुरको घर बनाउने योजना बन्यो ।

फाउण्डेसनका अध्यक्ष गहतराजको पहलमा आर्थिक सहयोग सुरु भयो । काठमाडौंमा भएको पटक–पटकको छलफलपछि झण्डै साँढे ६ लाखमा घर बनाइदिने पक्कापक्की भयो ।

स्थानीय स्तरमा पनि समिति बन्यो । राष्ट्रिय द लिड सशक्त युवा समूह र स्थानीय संस्था दलितका लागि साझा अभियानको पनि सक्रियता बढ्यो । सबैको चासो बढेपछि धमाधम घर निर्माण कार्य जारी रहेको घर निर्माण समितिका संयोजक बसन्त विश्वकर्मा बताउँछन् ।

यस्तो छ प्रगति
अहिले पाल्पामा मात्रै होइन, सबैतिर बलबहादुरको घरको अवस्थाले चर्चा पाएको छ । स्थानीयहरु जागरुक भएका छन् । विभिन्न संघ संस्था पनि जागरुक भएका छन् । सानो र चिटिक्क परेको घर बन्दै छ । मिस्त्रीहरु जतिसक्दो चाँडो बलबहादुरलाई नयाँ घरमा बास बसाउने गरी काम गरिरहेका छन् ।

घर निर्माणको प्रारम्भमा द लिडले पनि आर्थिक संकलन गर्ने प्रतिवद्धता जनाएको थियो । तर, द लिडले आर्थिक सहयोग उपलब्ध गराउने नसकेपछि विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसनले झण्डै २ लाख रुपैयाँ खर्च गर्दा घरको आकार आइसकेको छ (हेर्नुस् तस्विर) ।

बलबहादुरसँग फाउण्डेसनको साइनो
बलबहादुर विश्वकर्मा परिवारलाई बस्ने घरको व्यवस्थापनको लागि जुटेको विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसनसँग रगतको कुनै साइनो छैन । छ त केवल विश्वकर्माको ।

‘विश्वकर्माले विश्वकर्मा’ लाई भन्ने नारा दिएको छ विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसनले । यसको उदेश्यभ भनेकै विश्वकर्मा समुदाय भित्रको सुख दुःखमा हातेमालो गर्दै अगाडी बढ्ने हो । यसैको एउटा प्रयास हो भन्छन् फाउण्डेसनका नेपाल संयोजक राजन लोहनी ।
समग्र विश्वकर्माको आर्थिक र सामाजिक विकास गर्ने लक्ष्यका साथ २०६२ भावहको स्थापना भएको थियो । जसको संस्थापक अध्यक्ष हुन् कृष्ण गहतराज ।

यसले हालसम्म नेपालका सबै जिल्ला र विदेशमा समेत बसोबास गर्ने विश्वकर्माहरुलाई एकताको मालामा जोड्ने काम गर्दै आएको छ । यसै सिलशीलामा बलबहादुर विश्वकर्माको घर निर्माणमा जुटेको छ । यसअघि गुल्मी निवासी किड्नी पीडित गीता रसाइलीको घर निर्माण र बालबच्चाको पढाइको लागि ४ लाख ५० हजार सहयोग गरेको थियो ।

भावहले अहिलेसम्म विभिन्न व्यक्तिहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको छ । तर, सबैभन्दा उदाहरणीय कार्य भनेको बलबहादुर विश्वकर्माको घर निर्माण गर्नु हो । जंगलमा बसेको व्यक्तिको घर बनाइदिनु उदाहरणीय काम हो’ स्थानीय भुपू वडाध्यक्ष खिमबहादुर थापा भन्छन्, ‘यसरी सबै जुटेर घर बनाइदिँदा कम्तीमा पनि एउटा दलित परिवारले राहत पाउँछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...