महिला हिंसाविरुद्ध खेलकुद प्रशिक्षण

Khelkud prasixyan 2

काठमाडौं । महिला हिंसाबिरुद्धको अभियानको २२औं श्रृङखलाअन्तर्गत नोबेल ऐकेडेमी स्कुलमा खेलकुद प्रशिक्षण जारी छ ।

सोमबारदेखि सुरु प्रतिरक्षात्मक खेलकुद प्रशिक्षण कार्यक्रममा सो स्कुलका ९० जना विद्यार्थीको सहभागिता रहेको छ ।

सो प्रतिरक्षात्मक प्रशिक्षणमा प्रशिक्षकहरु सविना भट्टराई र रञ्जना थापा प्रशिक्षण दिइरहेका छन् । सो प्रशिक्षणमा छात्राहरुलाई महिला हिंसाको पहिचान, हिंसाजन्य प्रकृतिहरु केके हुन सक्छन् भन्ने विषयमा विभिन्न माध्यमबाट सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिँदै आएको अभियानका प्रमुख प्रशिक्षक मोहन विश्वकर्माले बताए ।

नोबेल ऐकेडेमीद्धारा आयोजित पाँच दिने सो प्रशिक्षण कार्यक्रममा कसैले हिंसाजन्य व्यवहार गरे कसरी त्यसको प्रतिवाद गर्ने भन्ने विषयमा प्रशिक्षण दिइनेछ । यसले महिलामाथि हुने हिंसालाई अन्त्य गर्न सहज हुने आयोजकको विश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...