ल हेर्नुस्, कलेज भर्ना गराउँदा पनि एजेन्टलाई कमिसन !

Student varna

काठमाडौं । शनिबार कक्षा १० को एसईई परिक्षाको नतिजा सार्बजनिक भयो । नतिजा सार्वजनिक भएकै भोलिपल्टका पत्रपत्रिकाहरुमा आएसँगै विद्यार्थीहरु कलेज दौडाहामा छन् ।

अहिले सकेसम्म बढी विद्यार्थी तान्ने खेलमा कलेजहरुले अनेकौं हतकण्डाहरु अपनाइरहेका छन् । त्यति मात्रै विद्यार्थी ल्याउन विभिन्न कलेजहरुले कमिसन पनि दिने गरेको रहस्य खुलेको छ । काठमाडौँका विभिन्न साना कलेजहरुमा यस्तो खेल हुने गरेको छ ।

खासगरी यस्तो धन्धामा ब्रिजकोर्ष संचालकहरु अघि देखिएका छन् । मानव तस्करीको रुपमा लिईने विद्यार्थी भर्ना गराएर कमिसन लिने धन्दामा उपत्यकामा सञ्चालित ब्रिजकोर्ष संचालकहरु छन् ।

ब्रिजकोर्ष सञ्चालकहरुसँग विद्यार्थीको सम्पर्क भइरहने हुनाले पनि कलेजहरुले ब्रिजकोर्ष सञ्चालकहरु समात्ने गरेका छन् । विद्यार्थी लगिदिएवापत ति ब्रिजकोर्ष सञ्चालकहरुले राम्रै दाम पनि पाउने गरेका छन् ।

कमिसन उठाएर विद्यार्थी भर्ना गराउनेहरुमा ब्रिज कोर्ष संचालकका अलावा विभिन्न स्कुलका शिक्षकहरु पनि छन् । उनीहरुले कलेजको आर्थिक अवस्था र प्रभाव हेरेर कमिसन लिने गरेका छन् । उनीहरुको काम भनेको विद्यार्थीलाई फकाएर कलेज भर्ना गराउने हो । त्यसरी भर्ना गराएवापत मोटो रकम कमिसन हात पर्छ ।

यस्तो धन्दा यो वर्ष मात्रै होइन, बर्षौंदेखि चल्दै आएको छ । तर, यो विषयमा न अभिभावक बोल्छन्, न यसको रेखदेख गर्ने निकाय नै छ । काठमाडौँका केहि महंगा कलेजहरुले पनि फरक तरिका अपनाएर यसरी नै विद्यार्थी जम्मा गर्ने गरेका छन् ।

ठूला कलेजहरुले ठूलै र महंगा स्कुलहरुमा ‘सेटिङ’ मिलाएका हुन्छन् । यसरी ती स्कुलहरुबाट आफ्नो कलेजमा आएका विद्यार्थीका टाउका गनेर कमिसन दिइने गरिएको छ ।

एक जना विद्यार्थी भर्ना गराएवापत हाल अघोषित रुपमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म कमिसन कलेजले सम्बिनधत एजेन्टलाई दिन्छ । साना कलेजहरुले प्रतिविद्यार्थी २५ सयदेखि ४ हजार रुपैयाँसम्म दिने गरेको छ । जुन कुरा विद्यार्थीलाई थाहा हुँदैन । यो कलेज र विद्यार्थी ल्याउनेबीच ‘भित्री सेटिङ’ मा हुने गरेको छ ।

अचम्मको कुरा त के छ भने १ कक्षामा भर्ना गरिदाँको कमिसन १२ कक्षा भर्ना गरिदाँ पनि एजेन्टको हातमा पुगछ । त्यही भएर आजभोली भित्री रुपमा विद्यार्थी भर्ना गराउने समुह सक्रिय बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...