प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ औसतभन्दा कमजोर

Ministryof education

काठमाडौं । तीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर रहेको पाइएको हो ।

इआरओले सन् २०१७ मा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा)को प्रतिवेदनले सिकाइको अवस्था कमजोर रहेको प्रस्ट पारेको छ । सबै विषयको राष्ट्रिय औसत ५०० अंक निर्धारण गरी भएको अध्ययनमा नेपाली विषयमा प्रदेश १, २, ६ र ७ कमजोर पाइएका छन् ।

नेपाली विषयमै चार प्रदेश कमजोर
नेपाली विषयमा चारवटा प्रदेशको उपलब्धि औसतभन्दा कमजोर छ । नेपालीमा प्रदेश १ को उपलब्धि ४९२, प्रदेश २ को ४७८, प्रदेश ६ को ४९२ र प्रदेश ७ को औसत उपलब्धि ४९६ छ । प्रदेश ३ को ५१८, प्रदेश ४ को ५११ र प्रदेश ५ को उपलब्धि ५०१ छ ।

गणितमा तीन र विज्ञानमा पाँच प्रदेश कमजोर
गणित विषयमा प्रदेश १, ६ र ७ कमजोर पाइएका छन् । प्रदेश १ ले ४८६, ६ ले ४६७ र प्रदेश ७ ले ४८० अंक प्राप्त गरेका छन् । औसतभन्दा माथि अंक प्राप्त गर्नेमा प्रदेश २, ३, ४ र ५ छन् । विज्ञान विषयमा प्रदेश १, २, ५, ६ र ७ ले औसत अंक पनि प्राप्त गरेका छैनन् । प्रदेश १ ले ४८३, प्रदेश २ ले ४८८, प्रदेश ५ ले ४९८, प्रदेश ६ ले ४८४ र प्रदेश ७ ले ४८८ अंक प्राप्त गरेका छन् । विज्ञानमा प्रदेश ३ र ४ ले मात्र औसतभन्दा बढी अंक प्राप्त गरेका छन् । प्रदेश ३ ले ५२९ र ४ ले ५१८ अंक प्राप्त गरेका छन् ।

४६ हजार दुई सय ६६ मा अध्ययन
इआरओले सातै प्रदेशका ४६ हजार दुई सय ६६ विद्यार्थीमा अध्ययन गरेको थियो । कुल ४८ हजार ११ विद्यार्थी छनोट गरे पनि केही विद्यार्थी अध्ययनका क्रममा घटेका थिए । अध्ययनमा प्रदेश १ बाट ६ हजार सात सय ६३, प्रदेश २ मा पाँच हजार नौ सय ४२, प्रदेश ३ बाट आठ हजार पाँच सय ४८, प्रदेश ४ बाट पाँच हजार चार सय ४९ विद्यार्थी सहभागी थिए । त्यसैगरी, प्रदेश ५ बाट नौ हजार छ सय ३६, प्रदेश ६ बाट चार हजार तीन सय ६ र प्रदेश ७ बाट पाँच हजार ६ सय २२ विद्यार्थी सहभागी थिए ।  नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...