‘लिली बिली को कमाई दैनिक ८० लाख !

Lili bili

काठमाडौं । यही ३० चैतबाट दर्शकमाझ आएको चलचित्र ‘लिली बिली’ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको व्यापार गरेको यसको निर्माण पक्षले जनाएको छ ।

निर्माता गोबिन्द शाहीले बुधबार सञ्चारकर्मीसँग भने, ‘मँगलबारसम्म मुलुकका सबै हलको हिबास जोडले लिली बिलीले ४ करोड ५ हजार देखियो । यसले पहिलो साता करिब चार करोड ७५ लाख व्यापार गर्ने अनुमान हाम्रो छ ।’यो चलचित्र अहिले पनि दर्शकको मन जिति रहेको छ ।

यो चलचित्रमा नव अभिनेत्री जसिता गुरुङ र प्रदीप खड्काको अभिनयलाई दर्शकले रुचाएका छन् । प्रियँका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, धुब्र दत्त लगायतका कलाकारका अभिनय यो चलचित्रमा रहेको छ । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्स्ले निर्माण गरेका हुन् ।

 यो चलचित्र मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । सबै जसो सिँगल थिएटरमा पनि लिली बिलीले राम्रो व्यापार गरेको निर्माता शाहीले बताए ।
चलचित्रले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आफुहरु विश्वस्त रहेको यसका निर्देशन मिलन चाम्सले बताएका छन् । उनले कथाको माग अनुसार बिदेशमा छायाँकन गरेर बलिउड स्तरको सिनेमा आफुले दिन सकेको जिकिर गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...