श्रृंखला बनिन् यो वर्षको मिस नेपाल

Miss nepal

काठमाडौं । मिस नेपाल २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।

अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । उपाधिसँगै श्रृंङलाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । उनलाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहि¥याएकी थिइन् ।

हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए । उनी हेटौंडाकी हुन् ।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...