दिवंगत आमाको सम्झनामा यमनले लेखे मार्मिक कविता

Yaman

एकै अक्षर लेख्दा पनि तिम्रो बारेमा
बन्छ मिठो कविता, बन्छ मिठो गीत ।
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान सँगै छन्, दिँदैछन् आशिष ।।

कत्रो ठूलो मन तिम्रो, मेरै मात्र सोच्ने
मेरो स्यानै चोटमा पनि तिम्रो हृदय घोच्ने ।
बिहान दिउँसो बेलुका दिनरात उठ्दै बस्दै
भगवान पनि सोच्दै होलान्, को हुन् यी म जस्तै ।।

एकै झल्को कल्पे पनि तिम्रो बारेमा
हार आफू लिन्छौ, दिन्छौ मलाई जीत ।
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान सँगै छन्, दिँदैछन् आशिष ।।

अर्को जुनी तिमी मेरै, आमा भइदिनु है
त्यो बेला अहिले जस्तो, छोडी नगइदिनु है ।
यो मनको मन्दिरमा तिम्रो, फोटो सजाउँछु
तिम्रै भजन गाउँछु तिम्रै, धून बजाउँछु ।।

एकपल्ट फेरि ढल्कन पाए, तिम्रो काखमा
सुन्थें तिम्रो लोरी अनि, आउँथ्यो मिठो निंद ।
एकै पल बस्दा पनि, तिम्रो साथमा
लाग्छ भगवान सँगै छन्, दिँदैछन् आशिष ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...