गरिबीका कारण पढ्न पाउँदैनन् उदयपुरका दलित विद्यार्थी

Index

उदयपुर । आर्थिक अभावका कारण उदयपुरका अधिकांस दलित समुदायका विद्यार्थीहरु बिचैमा पढाइ छनड्न बाध्य भएका छन् ।

कक्षा बढ्दै गएपछि सरकारी विद्यालयमासमेत पढ्न पुग्ने खर्च पुर्‍याउन नसक्ने र विभिन्न रोजगारीको खोजीमा बाबुआमासँग हिँड्ने भएकाले पढाई छाड्नेको मुख्य काराण रहेको जिल्ला शिक्षा कार्याल उदयपुरकी  अधिकृत देवी पराजुली बताइन ।
गरिबी र बेरोजगारीले गर्दा धेरै दलित समुदायका बालबालिका शिक्षाको पहुँचबाहिर रहेको र दलित विद्यार्थीबीचैमा पढाइ छाड्न बाध्य भएको अधिकृत देवी पराजुलीको भनाइ छ ।

‘शिक्षा कार्यालयबाट एक कक्षादेखि १० कक्षासम्म अध्यन गर्ने दलित विद्यार्थीले छात्रवृत्ति स्वरूप वार्षिक ४ सय रुपैयाँले दिँदै आइएको छ,’ उनले भनिन्, ‘तर, एसइइ परिक्षा दिने बेलसम्म अधिकांश विद्यार्थीले पढाई छाडिसकेका हुन्छ।’

कार्यालयका अनुसार शैक्षिक शैत्र २०७४ को बैशाखामा लिएको तथ्यांक अनुसार उदयपुरमा ९ हजार ८ सय ८२ दलित विद्यार्थी थिए। कक्षा एकदेखि कक्षा ८ सम्म ८ हजार ५ सय थिए भने कक्षा ९ देखि १० कक्षा अध्यन गर्ने बेला १ हजार १ सय ९८ जना मात्र पुगेका थिए। त्यसैगरी कक्षा ११ र १२ पुग्ने दलित विद्यार्थी १ सय ९३ मात्र रहेको छ।

‘कक्षा एकदेखि ८ पुग्दा धेरै दलित विद्यार्थीले पढाई छाडिसक्ने गरेका छन्’, जिल्ला अधिकारी हरिहरि धितालले भने, ‘हामीले दलित विद्यार्थीले पाउने सेवामा पाएका छन् की छैनन भनेर कडा रूपमा अनुगमन पनि गर्ने गरेका छौँ, विद्यालयमा जातीय भेदभाव कतै छैन, तर पनि दलित विद्यार्थीबीचमै पढाइ छाडिरहेका हुन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...