गीतकार शान्तिप्रियले ल्याए ‘माया लाउने यहि ज्यान हो’

News (5)

काठमाडौँ । प्रणय दिवश अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर गीतकार एवं पत्रकार शान्तिप्रियले ‘माया लाउने यहि ज्यान हो’ गीतको म्यूजीक भिडियो सार्वजनिक गरेका छन् ।

‘माया लाउने यहि ज्यान हो’ बोलको यो गीतलाई गायक गणेश श्रेष्ठको जन्मदीन समेत परेकोले प्रणय दिवस कै दीन सार्बजनिक गरिएको हो । गायक गणेश श्रेष्ठ नव गायक हुन् । यस अधि उनले केहि कभर सङ्ग गाए पनि गायनका हिसाबमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतलाई अहिलेका चर्चीत संगीतकार दिपक शर्माले संगीत गरेका छन्, भने नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ ।

गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । गीतकार शान्तिप्रियले आफै भिडियोको निर्देशन गरेका छन् । गजित विष्ट र अनामीका चौलागाई फिचरीङ गरिएको यस गीतमा कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् ।

गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । मायामै केन्द्रित यस गीतलाई प्रणय दिवस र गायक श्रेष्ठको जन्मदिनको संयोगलाई प्रयोग गरी बजारमा ल्याइएको हो । छायांछवि क्रियशनले गीतलाई बजारमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...