भ्यालेन्टाइन डेमा पल शाह र सन्ध्या केसीको रोमान्स

Aadat photo

काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आदत...’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १३ को सा“झ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक सुमन केसीको स्वरमा सजिएको उक्त मेलोडियस गीतमा संगीतकार शंकर थापाको संगीत निर्देश्ँन छ । संगीतकार थापा तथा गायक केसीले गीतका शब्दहरुको भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा लोकप्रिय अभिनेता पल शाहले मोडल तथा अभिनेत्री सन्ध्या केसीसंग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको प्रेमिल जोडी सुहाएको देखिन्छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो भिडियो गीतकार अम्बिका गुरुङकै आधिकारिक यूट्युब च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीबाट अपलोड गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...