मजदुर दिवसको छेको पारेर आगामी वैशाखमा ‘पसिना’ आउने

Film pasina 1

काठमाडौं । आगामी वैशाख दोस्रो सातादेखि ‘पसिना’ प्रदर्शनमा आउने भएको छ ।

नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ बैशाख १४ गतेबाट देशभरका सिनेमा घरमा आउने भएको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मजदुर दिवसको अवसर पारेर पसिना प्रदर्शनमा आउने जानकारी दिइएको हो । सो पत्रकार सम्मेलनमा एउटा गीत सार्वजनिक गरिएको छ ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी केसी, शारदा गिरी लगायतका कलाकारको अभिनय छ ।

जीवन गौतम सहायक निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डिसी कृष्ण रहेका छन् । राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको संगीत रहेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका छन् भने शिव बिकको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र राम केसीको छायाँकन रहेको छ ।

‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् । आरबी खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पीडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।। मंगलाबार राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘पसिना’ प्रर्दशनमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ ।

नन स्टप क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।

आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...