गजलकार रश्मि रोदनको गजलले गुञ्जियो पोखरा

News (1)

पोखरा । आफूलाई साहित्यकाका विविध आयाममा सक्रिय बनाउदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मि रोदनले पोखरा तताएकी छिन् ।

मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा सम्पन्न कार्यक्रममा करिब दुई दर्जन मुक्तक सुनाउदै रश्मि रोदनले पोखरा तताएकी हुन् ।

विशिष्ट अतिथिको रुपमा पोखरा पुगेकी रश्मिले प्रेम सप्ताहको यस अवसरमा अधिकांश मुक्तक प्रेमिल सुनाएकी थिइन् भने सामाजीक एवं सौन्दर्य प्रेमका मुक्तक उनले वाचन गरेकी थिइन् । रिडर्स क्लबको भरिभराउन हलमा खचाखच दर्शकले ‘वान्समोर र ताली वजाएको बजाऐ गरेका थिए ।

तिम्रो नयन सजाउने काजल हुन मन छ ।
प्यारको वर्षा गराउने बादल हुन मन छ ।
डुब्न देउ न सानु तिम्रो जादुमय वदनमा
हराउदै तिम्रो यादमा पागल हुन मन छ ।

यी र यस्तै मुक्तक मार्फत पोखरेली श्रोताहरुको मन जित्न सफल भएकी रश्मिले आफ्नै परिचय समेत मुक्तकबाट दिएकी थिइन् । पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मि सँगै स्याङ्जाका एस पी असफलले पनि मुक्तक विशेष रुपमा सुनाएका थिए ।

साथै फुटकर रुपमा पोखराका विभिन्न मुक्तककारहरुले मुक्तकहरु सुनाएका थिए । मुक्तक मञ्च पोखराको ११७ औं श्रृङ्खलामा प्रान्जलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस