कार्की भन्छिन्, मोटो हुँदैमा केही गर्न सकिँदैन भन्ने छ र ?

Bunu karki

काठमाडौं । मोटोपना कतिपयका लागि अफावसिद्ध हुन सक्छ । कतिपयलाई मोटोपनाले दिग्दारी पनि दिने गर्छ । तर, भर्खर मात्रै मोडलिङमा छिरेकी रन्जिता कार्कीलाई मोटोपनाले खासै असर गरेको छैन ।

उनी देख्दा हल्का मोटो देखिन्छिन् । तर उनी भित्रको मन भने निक्कै पातलो छ अर्थात् फुर्ति छ । त्यही भएर उनी भन्छिन्, समाजमा असल काम गर्न शरिर मोटो हुँदैमा केही फरक पर्दैन ।

उनी हालै मात्र ‘सुपर प्लस साइज मोडल २०१८’ भाग लिइन । तर, प्राविधिक कारण उनी टप ५ नपुग्दै बाहिरिन् । उनले आफ्नो कारण भन्दा पनि आयोजककै कारण आफु बाहिरिनु परेको ठानेकी छन् ।

तर, परिणाम जे जस्तो भए पनि सुपर प्लस साइज मोडल २०१८ बाट बाहिरिएपछि झन समाजमा केही गर्न सकिने रहेछ भनेर आत्म विश्वास पलाएको बताउँछिन् । उनी यस्ता प्रतियोगिता भए फेरि सहभागी हुने बताउँछिन् ।

उनी पेशाले व्युटिसियन हुन् । उनी आम नारीहरुको सुन्दरताको विकासका टेवा पु¥याउँछिन् । सँगसँगै ‘सुपर प्लस साइज मोडल २०१८’ मा भाग लिएपछि त मोटोपना भएका आम नारीलाई मोटोपना भए पनि आम नारीहरुलाई सकारात्मक काममा लाग्न सल्लाह दिन थालेकी छन् ।

मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ्य रहनु पर्छ । मोटोपना हुने वित्तिकै आत्तिने बानीलाई त्यागेर आफ्नो मोटोपनालाई भन्दा समाजमा केही गर्न सकिएन भनेर चिन्ता गर्न उनी आग्रह गर्छिन् । मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुपको रुपमा लिनुपर्ने उनी बताउँछिन् ।

पूर्वी नेपालको संखुवासभा जिल्लामा जन्मिएकी २८ वर्षीय विनु कार्कीलाई डान्स गर्न खुव मन पर्छ । गायन पनि रहर लाग्ने पेशा हो उनको लागि । तर अहिलेसम्म औपचारिक रुपमा गाएकी भने छैनन् ।

मान्छेका अनेक सपना हुन्छन् । उनका पनि केही सपना छन् । उनको पछिल्लो सपना भनेकै समाज सुधार गर्ने हो । उनी सडकमा देखिएका अनाथ र गरिवहरुको सेवामा तल्लिन छन् ।

‘म मोटी छु, तर आफुलाई मोटीहरुकै भीडबाट समाजमा सामाजिक व्यक्तिको रुपमा चिनाउन चाहन्छु’ कार्कीले भनिन्, ‘तर, समाजले जसरी मोटो मान्छेलाई जुन रुपमा हेर्छन्, त्यसलाई परिवर्तन गरेर देखाउने काममा म लागेकी छु ।’

प्रतिकृया दिनुहोस