युवा गायक साउँदको 'टालाटुली बाटुली नाच मेरी पुतली' बजारमा ( भिडियो सहित )

Surya saud

काठमाडौं । नेपाली लोकगीत क्षेत्रका उदायमान गायक सूर्यबिरही साउद र रश्मी रिजालको स्वरमा रहेको नयाँ देउडा गीत बजारमा आएको छ । बिहीबार  सार्वजनिक गरिएको हो । 'टालाटुली बाटुली, नाच मेरी पुतली' बोलको उक्त गीतलाई युट्यूव मार्फत बजारमा ल्याइएको हो ।

सुदूर पश्चिम र मध्य पश्चिमको थेगोलाई समाबेश गरि फरक तरिकाले तयार पारिएकोे उक्त देउडा फ्यूजन डान्सिङ गीतले आम दर्शकको मन जित्ने निर्माण पक्षले दावी गरेको छ । पश्चिमी भेगमा बालबालिकाले आफ्ना दौतरीहरुसंग मिलेर कपडाको पुत्तली बनाई खेल खेल्ने प्रचलनलाई उक्त गीतमा समाबेश गरिएको  गायक साउदले बताएका छन् ।

सूर्यबिरही साउद, तिलक ओली र योगेश बुढाको रचना रहेको यस गितमा सुर्यबिरही आफैले संगित दिएका छन् । संगित संयोजन भने बिनोद बाजुरालीको रहेको छ ।

काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छाँयांकन गरिएको उक्त म्यूजिक भिडियोलाई बसी बियालो म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतको भिडियोमा शेर साउद, करिश्मा ढकाल र करन साउदलाई मुख्य भुमिकामा देख्न सकिन्छ । भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने सम्पादन मिलन बिकको रहेको छ ।

सूर्य बिरही साउँदेले यस अघि सुदूरको चेलो म त,म त भैशी गोठालो,बाध्यताले पठाउँन लाग्यो परदेश,नरो मेरी सुवाँ,प्रिति फूल सारी दे,बिन्ति शैलेश्वरी,बनमारा बनैभरी छ,तेरो मेरो माया बबाली,जन्मभुमिको माया,यो लोटाउनो रांगो, लगायतका दर्जनौ गीत बजारमा ल्याईसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस